स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकले बलेफी गाउँपालिका र जुगल गाउँपालिका भेला सम्पन्न गरेको छ । पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंको प्रमुख आतिथ्यतामा शनिबार एकैदिन दुइ वटा पालिकाको अधिवेशन सम्पन्न गरेको हो ।
पार्टीको बलेफी गाउँपालिका अधिवेशनले घमेश थापाको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । बलेफीको उपसभापति, सचिव र कोषाध्यक्षमा क्रमशः विजय नेपाल, रविन तामाङ र राधिका तिमिल्सिना चयन भएका छन् भने सदस्यहरुमा बिनोद खड्का, चन्द्रमाया सार्की, सुनिल तामाङ, शान्ति श्रेष्ठ, बिदुर खड्का, प्रकाश चौलागाई र महेश्वर श्रेष्ठ चयन भएको जिल्ला संयोजक माया गुरुङले बताइन् ।
त्यस्तै जुगल गाउँपालिका कार्यसमितिको सभापतिमा इश्वरप्रसाद अधिकारी चयन भएका छन् । त्यस्तै उपसभापतिमा सुर्यबहादुर तामाङ, सचिवमा प्रदिप सिलवाल, कोषाध्यक्षमा बलराम थापा
तथा सदस्यहरुमा भीमसेन थापा, मोहन थापा, ज्ञानुमाया थापा, सलीम थापा, लोकेन्द्र मगर, शैलेस बल, भीमसेन नेपाली, भीमसेन थापा र तोपनाथ पौडेल चयन भएको गुरुङले बताइन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८