स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची । मेलम्ची नगरपालिकाले नगरका विभिन्न भागबाट सुत्केरी गराउन बर्थिङ सेन्टरसम्म आउन र फर्कन निशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था गरेकाे छ ।
अस्पतालसम्म पुग्न नपाएर असुरक्षित सुत्केरी गराउनुपर्ने अबस्थाकाे अन्त्य गर्न अस्पताल सम्म आउन र फर्कन एक वर्ष अघिबाट नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउन थालेकाे हाे ।
एक वर्षकाे अवधीमा दुई सय ९१ जनालाई बर्थिङ सेन्टर सम्म आउन र जान एम्बुलेन्स स्वा उपलव्ध गराएकाे नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । नगरपालिकाकाे एक वर्षे उपलव्धी सार्वजनिक कार्यक्रममा प्रमुख तामाङले दिएकाे जानकारी अनुसार मेलम्ची नगर अस्पतालमा सुत्केरी गराउन नसकी रेफर गरेका १८ जना महिलालाई काठमाडाै सम्म निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएकाे थियाे ।
नगरपालिकाले विध्यालयलाई कृषि व्यवसाय र व्यवहारिक ज्ञानसँग जाेड्न नगरका तीन वटा विद्यालयमा बागवानी कार्यक्रम सञ्चालन गरेकाे नगरले जनाएकाे छ । प्रमुख तामाङका अनुसार यस वर्ष थप गरिएका २५ वटा खानेपानी बिस्तार भएपछि नगरका ८५ प्रतिशत नागरिक आधारभूत खानेपानीकाे पहुँचमा पुगेका छन् ।
आगामी वर्षबाट नपुग खानेपानी व्वस्थापन गर्दै शत प्रतिशत नारिकलाई खानेपानी उपलब्ध गराउने उनकाे प्रतिवद्धता छ । नगरपालिकाकाे आर्थिक सहयाेगमा नगरपालिकाका न्यून आय भएका पाँच जनाले सिभिल इन्जिनियर र दुई जनाले कृषि प्राविधक अध्ययन गरिरहेका तामाङले बताए ।
किसानकाे दैलाेमा प्राविधिक सेवा भन्ने अवधारणा अनुरुप प्रत्येक वडामा एक एक जना कृषि र पशु प्राविधिक व्यवस्थापन गरिएकाे प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले जानकारी दिए ।
नगरपालिकाले चालू आर्थिक वर्षमा विनियाेजन गरेकाे कुल बजेटकाे पुजिगत तर्फ ६० प्रतिशत भाैतिक प्रगति तथा ४० प्रतिशत वित्तीय प्रगति र चालू खर्च तर्फ ६३ प्रतिशत बित्तीय प्रगति भएकाे तथ्यांक छ । नगरले हालै पञ्च वर्षीय आावधिक याेजना निर्माण गरि कार्यान्वयनमा ल्याउने तयारी गरेकाे छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।