स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट, सबैभन्दा बढी बजेट चौतारामा, कम भोटेकोसीमा
आर्थिक वर्ष २०८०/८१ को लागी सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहहरुले कुल ४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएका छन् । आर्थिक बर्ष २०८०/८१ का लागि स्थानीय तहलाई दिने समानीकरण अनुदान, सशर्त अनुदान र विशेष अनुदान समेत गरी ४अर्ब ६४ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको हो ।
सिन्धुपाल्चोकको स्थानिय तहहरुमध्ये सबैभन्दा धेरै बजेट चौतारा साँगाचोकगढी नगरपालिकाले ६७ करोड ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । मेलम्ची नगरपालिकाले ६१ करोड ६४ लाख पाउनेछ भने बाह्रबिसे नगरपालिकाले नगरपालिका मध्येको सबैभन्दा कम ३८ करोड १३ लाख पाउनेछ ।
गाउँपालिका तर्फ भने सबैभन्दा बढी इन्द्रावती गाउँपालिकाले ४२ करोड ८० लाख पाउनेछ भनेसबैभन्दा कम भोटेकोसी गाउँपालिकाले २७ करोड ६४ लाख रुपैयाँ पाउनेछ ।
सिन्धुपाल्चोकका स्थानीय तहहरुले पाएको रकम यसप्रकार रहेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका – ६७.०६ करोड
मेलम्ची नगरपालिका – ६१.६४ करोड
बाह्रबिसे नगरपालिका – ३८.१३ करोड
बलेफी गाउँपालिका – ३१.०२ करोड
जुगल गाउँपालिका – ३३.८६ करोड
इन्द्रावती गाउँपालिका – ४२.८ करोड
त्रिपुरासुन्दरी गाउँपालिका – २९.२८ करोड
पाँचपोखरी गाउँपालिका – ३४.१२ करोड
भोटेकोशी गाउँपालिका – २७.६४ करोड
लिसंखु पाखर गाउँपालिका – ३१.१३ करोड
सुनकोशी गाउँपालिका – ३६.६० करोड
हेलम्बु गाउँपालिका – ३२.१९ करोड
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।