स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२०७८ सालको असार १ गते लेदो सहितको बाढी आएको मेलम्ची नदीमा बाढी तथा पहिरोको कृतिम घटना अभ्यास गरिएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका प्रमुख बजारहरुमा सो अभ्यास गरिएको हो ।
हेलम्बुको किउल बजार, चनौटे बजार र ग्याल्थुम बजार तथा मेलम्ची नगरपालिकाको तालामाराङ बजार, मेलम्ची बजार र सिन्धुखोला बजारमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च(सिडीइसिएफ)ले कृतिम घटना अभ्यास गराएको हो ।
विश्व वातावरण दिवसको अवसर पारेर सिडीइसिएफले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस, जनप्रतिनिधि तथा स्थानीय बासीन्दाको सहभागितामा यस्तो अभ्यास गरेको हो । सिडीइसिएफले मेलम्ची नदीमा बाढी आएमा साइरन बजेर स्थानीय बासिन्दालाई जानकारी दिने पुर्व सुचना प्रणाली समेत जडान गरिरहेको मञ्चका कार्यकारी निर्देशक गोविन्द सापकोटाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८