स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाल पत्रकार महासंघ , सिन्धुपाल्चोकको सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता थप सम्बन्धि निर्णयमा नेपाल प्रेस युनियन , सिन्धुपाल्चोकले गम्भीर आपत्ति जनाएको छ । जेठ २६ गते रातिसम्म बसेको महासँघको बैठकले पुर्वाग्रही ढंगले प्रेस युनियनलाई कमजोर बनाउने गरि निर्णय गरेको थियो ।
महासंघको वर्तमान कार्यसमितिमा प्रेस युनियनको एक जना पनि प्रतिनिधि नभएकोले पुराना सदस्य हटाउदाँ पनि युनियनको अत्याधिक सदस्यको सदस्यता नविकरण नगर्ने र नयाँ १३ जना सदस्य थप गर्दा पनि युनियनको १ जना मात्रै सदस्य थप गरि युनियनलाई कमजोर पार्ने कुत्सित मनासयले निर्णय गरेको थियोे । महासँघले उपाध्यक्ष दिनेश थापाको नेतृत्वमा बनेको सदस्यता शुद्धीकरण समितिको निर्णय समेत लत्याएर प्रेस सेन्टर नेपाल र प्रेस चौतारी निकट रहि पत्रकारीता नै नगरेका, राजनीतिक दलको जिल्ला समितिमा रहेका लगाएत सदस्यको सदस्यता नविकरण गर्ने तर युनियन तथा अन्य संगठनमा आवद्ध सोही प्रकृतिको सदस्यता भने नविकरण नगरेको प्रेस युनियनको आरोप छ ।
सदस्यता सम्बन्धि निर्णय तत्काल नसच्चाए युनियन जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको अध्यक्ष दुर्गा आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा चेतावनी दिइएको छ ।
प्रेस विज्ञप्ति
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोक पत्रकार महासंघलाई श्रमजीवी र व्यावसायिक पत्रकारहरुको साझा संस्था बनाउने उद्देश्यले शुरु गरेको शुद्धीकरण अभियानप्रति प्रतिवद्ध छ । हामी पत्रकार महासंघलाई गैरपत्रकार होइन व्यावसायिक पत्रकारको संस्था बनाउन चाहन्छौं । तर हाम्रो प्रतिवद्धता र सदासयतालाई कमजोरी ठान्दै महासंघको सिन्धुपाल्चोक शाखाले मिति २०८० जेठ २६ गते गरेको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण सम्बन्धी निर्णयप्रति नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखा गम्भीर आपत्ति प्रकट गर्दछ । सदस्यता शुद्धीकरण सम्वन्धमा युनियनले देखाएको सदासयतामाथि कुठाराघात गर्दै महासंघ शाखाले जसरी पूर्वाग्रही ढंगले निर्णय गरेको छ त्यसले संस्थाको गरिमालाई नै धमिल्याउने काम भएको छ । यो निर्णयले महासंघको विधान, शुद्धीकरण सम्बन्धी महासंघ केन्द्रको सर्कुलर र सदस्यता शुद्धीकरण मापदण्ड एवं विधानको उपहास भएको छ । महासंघको अहिलेको निर्णयले एउटा विचार समूहले संस्था कब्जा गर्ने र अर्को विचार राख्ने सञ्चारकर्मीहरुलाई निषेध गरेर अघि बढ्ने जुन रणनीति लिएको छ त्यसले पत्रकारितामा निरन्तर लाग्दै आएकाहरुलाई दुखित तुल्याएको छ । तसर्थ संस्थाको मुल्य, मान्यता र परम्परालाई लत्याउँदै आस्थाको आधारमा गरेको निर्णय हामीलाई मान्य छैन । शाखाको यो निर्णयले अव पत्रकार महासंघ विस्तारै गैरपत्रकारको थालो बन्ने र पत्रकारिता गरिरहेका व्यावसायिक र क्रियाशीलहरु बाहिरिनुपर्ने अवस्था आउने शंका जन्माएको छ ।
शाखाको साधारणसभाले दिएको म्याण्डेट अनुसार गठित सुझाव समितिको २०८० साल जेठ १३ गतेको बैठकको निर्णय र त्यसले दिएको प्रतिवेदनलाई समेत बेवास्ता गरेर गैरपत्रकारहरुको पक्षमा पूर्वाग्रही ढंगले गरेको निर्णय कुनै पनि सर्तमा स्वीकार्न सकिँदैन । महासंघलाई श्रमजीवी पत्रकारहरुको साझा संस्था बनाउने उद्देश्यले सुरु गरिएको शुद्धीकरण अभियानमा सहयोगी बन्न युनियनले देखाएको प्रतिवद्धतामाथि महासंघ शाखाले कमजोरी ठान्दै अपमान जनक व्यवहार प्रदर्शन गरेको महसुस हामीले गरेका छौं । हामी महासंघको नेतृत्वलाई प्रश्न गर्न चाहन्छौं, पत्रकारितासँग सम्बन्धित संगठनका प्रमुख एवं प्रतिनिधिले गरेको निर्णय कसैलाई लागू हुने कसैलाई लागू नहुने कसरी भयो ? शुद्धीकरण अभियानलाई बहाना बनाएर एउटा संगठन र विचार समूहमाथि गरिएको व्यवहारले महासंघलाई साझा संस्थाको रुपमा कसरी विकास गर्न सकिन्छ ? आफूलाई मत दिएको, दिन सक्ने र आफू आवद्ध संगठनका सदस्य भएकै कारण नविकरण हुने र नयॉ सदस्य पाउने हो भने महासंघलाई साझा थलो भन्न सक्ने आधार कसरी बॉकी रहन्छ ? निर्वाचनमा उम्मेदवार बनेका, पार्टीको जिल्ला कमिटीका सदस्य, पत्रकारिता गर्दैनगरेका, सरकारी कर्मचारीलगायतका व्यक्तिलाई जोगाएर महासंघको सदस्यता शुद्धीकरण हुन्छ कि हुँदैन शाखा नेतृत्वले यसको चित्त बुझ्दो जवाफ दिनसक्नुपर्छ । महासंघका पदाधिकारीले युनियनमा आस्था राख्नेलाई एउटा मापदण्ड र आफूलाई मन पेरेका एवं आफ्नो संगठनका सदस्यलाई अर्को मापदण्ड राखेर गरिएको निर्णय स्विकार्न हामी बाध्य छैनौं । महासंघको गरिमालाई नै आँच पुग्ने निर्णय तत्काल सच्याउन माग गर्दछौं । गलत निर्णय सच्याएर महासंघलाई व्यावसायिक पत्रकारहरुको विश्वास र आस्थाको थलो बनाउ हाम्रो आग्रह छ । महासंघ जिल्ला शाखाले निर्णय नसच्याउने हो भने युनियन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराउ‘दछों । युनियनको आज बसेको जिल्ला शाखाको बैठकको निर्णय अनुसार महासंघको जिल्लाले बदनियत राखेर गरेको निर्णय स्वीकार नगर्न महासंघ केन्द्रीय समिति र बागमती प्रदेश समितिसँग माग गर्दछौं ।
दुर्गा आचार्य
अध्यक्ष
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोक, चौतारा
२०८०/०२/२७
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।