स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । आज प्रतिनिधिसभा संसदको भवनमा भएको निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ८, लाँगार्चेका स्थायी बासिन्दा सत्यालले ६३ मत ल्याएर विजयी भएका हुन् । सत्याल सेतोपाटी डटकममा कार्यरत छन् ।
अध्यक्ष पदमा सिन्धुपाल्चोककै विष्णु खड्का ४४ मत ल्याएर दोस्रो भए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३, पाल्चोकका खड्का एनएनटिभिमा कार्यरत छन् । उनिसँगै सिन्धुपाल्चोककै तुलसी सापकोटा २७ मतका साथ तेस्रो भए । सापकोटा चौतारा साँगाचोकगढी नगरपालिका ४ , कुविण्डेका हुन् ।
समाजको उपाध्यक्षमा सृजना घिमिरे, किरण दाहाल, महासचिवमा जयसिंह महरा, सचिवमा गुन्जन राज गिरी र सबिता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् । सदस्यहरूमा भने रघुनाथ बजगाईं, कमलराज भट्ट, रोमन आचार्य, शीला तिमल्सिना, मीरा बस्नेत, अन्जना लामिछाने, राजु थापा र विनोद कटुवाल निर्बाचित भएका सत्यालले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८