स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
साउन २८ गते साँझदेखिको मेलम्ची नदिको बाढीले कटान गरेको मेलम्ची-हेलम्बु सडक अन्तर्गत ग्याल्थुमको ढुङ्ग्रे बजार नजिकै सडक खुलाउन प्रयास शुरु गरिएको छ ।
दुइदिनदेखि पानी पर्न रोकिइ खोलाको वहाब केहि कम भएकोले उक्त स्थानमा सडक खुलाउन शुरु गरिएको हेलम्बु ४ का वडाध्यक्ष बुद्धिमान तामाङले बताए ।
पहिलो चरणमा सडकको भागबाट बगिरहेको नदिलाइ पुरानै स्थानमा फर्काउन प्रयास गरिने र सो प्रयास सफल भएमा अस्थायी रुपमा आवातजावत गर्न मिल्ने गरि सडक सञ्चालनमा ल्याईने छ । अहिले २ वटा स्काभेटरले काम गरिरहेको र दुइवटा थप स्काभेटर प्रयोग गरि ग्याल्थुमबाट चिलाउनेघारी तिरको सडकमा समेत काम थालिने वडाध्यक्ष तामाङले बताए ।
ग्याल्थुमबाट चिलाउनेघारी तिरको सडक कटान हुँदा ग्याल्थुम बजार समेत उच्च जोखिममा छ । ग्याल्थुम बजारको जोखिम घटाउदैं सडक समेत सञ्चालन गर्ने गरि नदिको धार फर्काउने गरि काम गर्न आफुले निर्देशन दिइसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । नदिमा थप बाढी नआएमा बढीमा एक हप्ताभित्र मेलम्ची-हेलम्बु सडक पुर्ण रुपमा सञ्चालनमा आउनेछ ।
बाढीले ग्याल्थुम बजारको दायाँबायाँ र चनौटेमा समेत गरि तीनवटा स्थानमा सडक पुर्णरुपमा कटान गरेको छ । जसको कारण हेलम्बु गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।