स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा कविता लेखन प्रतियोगिता आयोजना गरेको छ । पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको हो ।
४० बर्ष उमेर पूरा नभएका युवाहरुले उक्त प्रतियोगितामा सहभागीता जनाउन सक्ने पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा प्रथम हुने कविलाई रू एक लाख, द्वितीय हुनेलाई रू ५० हजार, तृतीय हुनेलाई रू २५ हजार तथा अन्य तीनजनालाई रू १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिने प्रवक्ता श्रेष्ठले बताए । पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नुपर्ने उनले बताए ।
प्रतियोगिता आउॅदो पुस २७ गते सम्ममा ४० वर्ष ननाघेका युवाहरूमा मात्र सिमित रहने छ। प्रतियोगीहरूले कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनु पर्नेछ। कविता पुसको १५ गते भित्रमा [email protected] इमेल गरेर वा ९८५१३४७४०५ मा WhatsApp गरेर पठाउन सकिनेछ। यसका साथै काठमाडौँ धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आएर पनि कविता बुझाउन सकिनेछ। कविता ५०० शब्दमा सिमित हुनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्राप्त कविताहरू तीनजना प्रतिष्ठित कविहरूले स्वतन्त्र र वस्तुपरक रूपमा मुल्याङ्कन गर्नेछन्। मुल्यांकन समितिका सदस्यहरूको नाम पुस २७ गते नै जानकारी गराइने र उपरोक्त उमेर समूहका स्वदेश तथा विदेशमा रहनुभएका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपाले खुल्ला आह्वान गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।