स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जुगल बोर्डिङ हाइस्कुलले प्रि प्राइमरीका विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच दीक्षित गरेको छ । बुधबार बोर्डिङको कक्षा युकेजीबाट कक्षा एकमा प्रवेश गर्ने ४२ जना सहित पूर्व प्राथमिक तहका कुल १ सय २९ जना विद्यार्थीहरूलाई गाउन, टोपीमा सजाएर मायाको चिनो र मार्कसिट प्रदान गरि दीक्षित गरेको हो । बोर्डिङको ३४ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यार्थीहरूको प्रतिभा प्रस्तुती सहित चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यमामा दीक्षान्त समारोह आयोजना गरेको हो ।
उपप्रमुख थापाले समारोहमा बोल्दै जुगल बोर्डिङले पछिल्लो समयमा सिकाइ उपलब्धिसँगै भौतिक, शैक्षिक पक्षसमेत सन्तोषजनक अवस्था रहेको बताइन् । नगरका सामुदायिक विद्यालयले पनि जुगलबाट केही सिकेर कार्यान्वयन गर्नुपर्ने उनले बताइन् । ‘वर्तमान पाठ्यक्रम र पाठ्यभार विद्यार्थीहरूको लागि बोझ भएकोले सरल र बोध गर्न सक्ने पाठ्यक्रम निर्माण गर्नु अहिलेको आवश्यकता हो ।’ उपप्रमुख थापाले भनिन्— ‘त्यसैले आगामी वर्ष हुने पाठ्यक्रम परिमार्जनमा सबैले त्यसतर्फ ध्यान दिनुपर्छ ।’
कार्यक्रमका विशेष अतिथि नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठले विद्यार्थीहरूमा प्रविधिप्रतिको चासो र त्यसबाट ज्ञान लिने कुरा सकारात्मक हुँदाहुँदै पनि सामाजिक सञ्जालको दुरुपयोगले विद्यार्थीहरूमा नकारात्मक असर पर्दै गइरहेको कुरा उल्लेख गर्दै त्यसमा अभिभावकले विशेष ध्यान दिएर सभ्य र अनुशासित बनाउन लागि पर्न आग्रह गरेका छन् ।
बोर्डिङका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले कठिन परिवेश र साँघुरो भौतिक अवस्थाको बिच आफूले जिम्मेवारी लिएको स्मरण गर्दै २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिको कोरोनाको महामारीका बिच पनि कतै बिचलित नभई विद्यालय र शिक्षाको श्रीवृद्धिमा लागि आफू अहोरात्र लागिपरेको बताए । उप्रेतीले विद्यालयका संस्थापक जयन्द्र श्रेष्ठ र ईश्वरीमान श्रेष्ठको योगदानको चर्चा गर्दै भने —‘भोली आफू यस ठाउँमा रहुला नरहुँला तर जुगल बोर्डिङ भने रहिरहनुपर्छ ।’
बोर्डिङको फागुन १७ गते हुने ३४ औँ वार्षिकोत्सवको मूल समारोह कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यमामा ख्यातिप्राप्त हास्य कलाकार जितु नेपाल र विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुतीका साथ सुसम्पन्न हुने प्रिन्सिपल ओमप्रकाश उप्रेतीले जानकारी दिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।