स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जितु नेपालसहित तीन जना सम्मानित भएका छन् । नेपालसहित साहित्यकार डम्बर रसिक भारती र समाजसेवी तथा शैक्षिक अभियन्ता जमुना दंगाल घाेरासैनी जुगल बाेर्डिङ स्कुलकाे ३४ अाैं वार्षिकाेत्सवकाे अवसरमा सम्मानित भएका हुन् ।
विद्यालयले उनीहरूलाई समाज विकासमा आआफ्नाे विषयगत क्षेत्रबाट महत्वपूर्ण याेगदान दिएकाे भन्दै सम्मान गरेकाे हाे । नेपाल जुगल कला सम्मान, रसिक जुगल साहित्य सम्मान र जमुना जुगल शिक्षा तथा समाजसेवी सम्मानबाट सम्मानित भएकाे सम्मान समितिका संयाेजक किशाेर बुढाथोकीले जानकारी दिए । उनीहरूलाई चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकाेटाले सम्मानपत्र प्रदान गरे ।
नेपाली कला क्षेत्रमा मुन्द्रेकाे नामले कलाकार नेपाल लामाे समयदेखि विभिन्न हास्य टेलिशृंखला, चलचित्र, कमेडी साेमार्फत आफ्नाे प्रतिभा प्रस्फुटन गरिरहेमा छन् । त्यस्तै साहित्यकार रसिक साहित्यिक पत्रकारितालगायत सिन्धुपाल्चोककाे साहित्यलाई उचाईंमा पुर्याउन विभिन्न अभियान र कार्यक्रमहरूमा क्राियाशील छन् । जुगल शिक्षा सम्मानबाट सम्मानित हुने ७६ वर्षिया जमुना दंगाल आफूले कहिल्येै बिद्यालय नटेकेपनि शिक्षा विकासका लागि सामाजिक सुरक्षा काेषबाट आएकाे रकमबाट कटाएर विद्यालयमा अक्षयकाेष स्थापना गरेकी थिईन् । उनले आफ्नाे भत्ताबाट शैक्षिक विकासका लागि ज्ञानमन्दिर नमुना माविका लागि साढे तीन लाख रूपैयाकाे काेष स्थापना गरेकीले सम्मान गरिएकाे हाे ।
बिद्यालयले आफ्नाे वार्षिकोत्सबकाे अवसरकाे समाज विकासमा याेगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आईरहेकाे छ । उहाँहरूकाे याेगदानकाे कदर तथा हाैसला प्रदान गर्न सम्मान गर्ने गरिएकाे विद्यालयका प्रधानाध्यापक आेमप्रकाश उप्रेतीले जानकारी दिए । यस्ताे सम्मानलाई निरन्तरता दिने उनकाे भनाई छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।