स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा यही चैत १ गतेदेखि सिन्धु सांस्कृतिक महोत्सव हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना र डोलेश्वर क्याटरिङको मूख्य व्यवस्थापनमा ‘चौतारा साँगाचोकगढी नगर कृषि, पर्यटन तथा सिन्धु सांस्कृतिक महोत्सव २०८०’ सञ्चालन हुन लागेको हो ।
चैत १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रमोद खरेल, धुर्मुस सुन्तली, जितु नेपाल, दमन रूपाखेती, पशुपति शर्मा, ज्योती मगर, टिका सानु, खुमन अधिकारी, एलिना चौहान, सानु केसि, स्मृती दंगाल, चेतन सापकोटा, रमेश प्रसाईँ, कल्पना दाहाल, लगायत कलाकारको प्रस्तुती रहने कलाकार सानु केसीले बताए ।
चौतारा टुँडिखेलमा हुने महोत्सवमा बाल उद्यान, रोटेपिङ, मिक्की माउस लगायत विभिन्न खेलहरू सञ्चालन हुनेछ भने कृषि तथा पर्यटन सम्बन्धी विभिन्न स्टलहरू समेत राखिनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८