स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारामा रहेको ऐतिहासिक कृष्ण मन्दिरमा भजन प्रशिक्षण शुरु गरिएको छ । २०७२ साल बैशाख १२ गतेकाे भूकम्पले विनाश गरेकाे चाैताराकाे कृष्ण मन्दिरमा पुनः भजन शुरु गर्न स्थानीयवासीलाई प्रशिक्षण शुरु गरिएकाे हो।
स्थानीय सम्पदा संरक्षण गुथिकाे आयाेजनामा शुरु गरिएकाे प्रशिक्षणका लागि काठमाडाैँकाे ज्यापु संस्कृति विकास काेषले विभिन्न बाजाहरू उपलब्ध गराएकाे छ। प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकाेथीकातर्फबाट प्रदान गरिएकाे हाे।
आइतबार पुरानाे बजारमा आयाेजित कार्यक्रममा काेषका अध्यक्ष मङ्गल कृष्ण सिं साथै अन्य पदाधिकारीले विभिन्न बाद्य सामाग्री हस्तान्तरण गरे ।
गुथिका अध्यक्ष रविन्द्र श्रेष्ठकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा चाैताराका विभिन्न खलः साथै पुचःका पदाधिकारी साथै स्थानीयकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रममा काेषका उपाध्यक्ष सन्त कुमार महर्जनले चाैतारामा नेवाः संस्कृतिकाे पुनराेत्थानमा सहयाेग पुर्याउन सकेकाेमा खुशी व्यक्त गरे ।
प्रशिक्षण सुनाकाेथीका प्रशिक्षकद्वय सुरेन्द्र महर्जन र उमेश महर्जनले प्रशिक्षित गर्नछन् । कार्यक्रमले भूकम्पपछि चाैताराकाे कृष्ण मन्दिरमा टुटेकाे भजन संस्कृतिलाई निरन्तरता दिन उपयाेगी हुनेमा स्थानीयले आशा व्यक्त गरेका छन्।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८