स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्राविधिक तथा व्यवसायिक सीप सिक्न चाहने युवाहरूको लागि बागमती प्रदेश युवा परिषद्ले तालिमको अवसर प्रदान गर्ने भएको छ ।
परिषद्ले प्रदेशका सबै जिल्लामा विभिन्न २१ प्रकारका तालिमको आयोजना गर्ने भएको हो । परिषद्ले ३९० घण्टा तथा १६० घण्टा अवधिको तालिमका लागि १६ वर्ष उमेरदेखि ४० वर्ष सम्मका युवाहरूले आवेदन दिन सक्ने जिल्ला युवा समिति, सिन्धुपाल्चोकका स्वयम्सेवक रूपक दुलालले बताए ।
एउटै तालिमका लागि एकै भूगोलका २० जनादेखि ३० जनाको आवेदन परेमा सोही स्थानमा तालिम सञ्चालन गर्न सक्ने दुलालले बताए । ब्युटी पार्लर, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, हलुका सवारी चालक, बेमौसमी तरकारी खेती, बारिष्टा लगायत २१ प्रकारका तालिमका लागि युवाले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिनका लागि सिन्धुपाल्चोकका युवाहरूले रूपक दुलाललाई ९८६०७१४३७२ मा सम्पर्क गर्न सक्नेछन् भने परिषद्को वेबसाइट यहाँ क्लिक गर्नहाेस् बाट समेत आवेदन दिन सक्नेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८