स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विभिन्न समयमा आएका प्राकृतिक विपत्तिका घटनामा परेका सिन्धुपाल्चोकका ५८ परिवारको निजी आवास पुनर्निमाण सम्पन्न भएको छ ।
४ सय ८१ परिवारले भने जग्गा खरिद समेत गरेका छन् । उनीहरूले सरकारी अनुदान बापतको अन्तिम किस्ता २ लाख रुपैयाँ समेत गरी कुल ५ लाख रुपैयाँ भुक्तानी लिएका हुन् ।
कुल १ हजार २ सय ५४ लाभग्राहीले पुननिर्माणका लागि सम्झौता गरेकोमा १ हजार ८ परिवारले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । १ सय ८८ परिवारले भने दोस्रो किस्ता वापतको २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
जग्गा खरिदका लागि ४ सय ८१ परिवारले प्रतिपरिवार ३ लाख रुपैयाँका दरले कुल १४ करोड ४३ लाख रुपैयाँ लिएका छन् ।
यसरी स्थायी आवास निर्माण किस्ता वापत वितरण गरेको कुल रकम २६ करोड ५६ लाख रुपैयाँ रहेको जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन रविराज धितालले बताए ।
अस्थायी आवास निर्माणका लागि समेत सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ दिनेछ । यस अन्तर्गत समेत जिल्लामा ७ सय ६७ परिवारले पहिलो किस्ताको रुपमा २५ हजार र १ सय ११ परिवारले अन्तिम किस्ताको रुपमा २५ हजार प्राप्त गरेका छन् ।
अस्थायी आवास निर्माण अन्तर्गत जिल्लामा २ करोड १९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । यो २०८० साल चैत मसान्तसम्मको विवरण हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।