स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलक्ष्मण कुँइकेल सहित कर्मचारीहरु सवार गाडि दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
शुक्रबार करिब ५ बजे गाउँपालिकाको कार्यालयबाट लागर्चे मावितिर जाँदै गरेको बा१झ ६६०३ नम्बरको टाटा हाइलक्स गाडी गाउँपालिकाको वडा नं ८, सोर्ले स्थित भित्री सडकमा दुर्घटना भएको प्रहरी निरिक्षक राजेन्द्र थापा मगरले बताए ।
गाउँपालिकाको उपाध्यक्षले प्रयोग गर्ने गरेको गाडी आफैं अनियन्त्रित भइ सडकबाट करिब १ किलोमिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कुँइकेल सहित प्रशासन अधिकृत रामप्रसाद न्यौपाने , कान्छा तामाङ , शारदा उप्रेती , सरिता गौतम र दिपा कुमारी धमला घाइते भएका छन् । गाडी कुँइकेल आफैंले चलाएका थिए ।
कुईकेलको अबस्था सामान्य छ भने न्यौपाने,पछाडी ढाड र अगाडी टाउकोमा चोट लागेर अवस्था मध्यम, तामाङको अबस्था सामान्य, उप्रेति अनुहारमा चोट अवस्था मध्यम, गौतमको टाउको पछाडी चोट अवस्था मध्यम, धमला देव्रे खुट्टा फ्याक्चर अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई स्थानिय टिपेनी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि मेलम्ची नगर अस्पताल पठाएको छ भने गाडी घटना स्थलमा नै रहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८