स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७, याङ्लाकोटका निर्वाचित वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन् ।
वडाध्यक्ष हुँदा पनि प्रहरीको हातमा नपरेका उनलाई प्रहरीले नक्कली सेवाग्राहीको भेषमा गई पक्राउ गरेको हो । २०७८ फागुन २० गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको तामाङलाई जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी निरिक्षक संजिव यादवको नेतृत्वमा खटिएको टोलिले जुगल ७ बाटै पक्राउ गरेको हो ।
पक्राउ पछि तामाङलाई जिल्ला अदालत पेश गरिएको प्रहरी निरीक्षक यादवले बताए ।
जिल्ला अदालत, सिन्धुपाल्चोकले कारागार चलान गरिएको अदालतकी तहसिलदार कल्पना अर्यालले खुल्लापानालाई बताइन् । जरिवाना तिरेको खण्डमा ३ दिनमा रिहाइ हुने र जरिवाना नतिरेमा दैनिक रू३०० का दरले कट्टी हुनेगरी जेल नै बस्नुपर्ने उनले बताइन् । उनलाई नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतको संरक्षण रहेको जानकारहरु बताउँछन् ।
बहालवाला जनप्रतिनिधिलाई नै पक्राउ प्रहरीले गरेको यो घटना सिन्धुपाल्चोक प्रहरीको लागि ठुलो सफलता हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८