स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गाउँपालिकाको गठनको ७ बर्षमा पहिलोपटक सञ्चालन गरिएको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनताले सुशासनको सवाललाई प्राथमिकताका साथ उठान गरेका छन् ।
गाउँपालिकाले जनप्रतिनिधि आएपछि गरेका उपलब्धी र उत्कृष्ट कार्यहरुको सन्दर्भ सहित पहिलो पटक सार्वजनिक सुनुवाइ गरेको गाउँ पालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले बताए । गाउँपालिकामा २ वर्षको अवधिमा सञ्चालन भएका योजना तथा कार्यक्रमको विवरण सहित बुधबार ठोकर्पामा सार्वजनिक सुनुवाइ भएको हो । प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले गाँउपालिकाको सबै शाखाबाट संचालित कार्यक्रमको उपलब्धी समेटिएको प्रतिवेदन प्रस्तुत गरे ।
प्रतिवेदनका आधारमा एवं पालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले शिक्षा, पुर्वाधार, स्वास्थ्य, कृषि, पशु सेवा, सामाजिक विकास शाखा मार्फत भएका उत्कृष्ट कार्यबारे बताउनुभयो । अध्यक्ष तिमल्सिनाले दरबन्दी अनुसार सबै शाखामा कर्मचारी ब्यवस्थापन देखि एक वडा एक प्राविधिकको ब्यवस्थापन देखि इ हाजिरी र कार्यालयमा सीसीटीभी जडान गरिएको उल्लेख गर्नुभयो ।
शिक्षा तर्फ १ देखि १२ सम्म निःशुल्क पठनपाठनको ब्यवस्था सुरुवात, ११ माध्यामिक विद्यालयमा स्मार्ट कक्षा कोठा ब्यवस्थापन, ई हाजिरी र नेट ब्यवस्थापन गरीएको अध्यक्ष तिमल्सिनाको भनाई थियो । सुनकोशी गाउँपालिकाले ५ कक्षा सम्म संचालित ८ विद्यालयमा १० भन्दा कम विद्यार्थी भएपछि नजिकैको विद्यालयमा गएर पढ्ने, विद्यालयमा रिक्त हुने शिक्षक छनोट गर्दा पालिकामा रोष्टर शिक्षक छनौट गरेर त्यहीबाट राख्ने देखि बालविकास, कर्मचारी र लेखा शिक्षकहरुका लागि नेपाल सरकारले दिएको पारिश्रमिकमा थप गरेको छ ।
निर्वाचित भएपछिको मुख्य उपलब्धी सार्वजनिक गर्दै सुनकोशी गाउँपालिकाले वडा वडामा गएर योजना सम्झौता गर्ने, योजनाको स्थलगत अनुगमन पछि भुक्तानी, सबै वडामा कम्तीमा ५ लाखको दुइ वटा योजनामा समपुरक योजना बनाएर कार्यान्वयन गरेको र ठेक्का मार्फत पूर्वाधारका काम भईरहेको जनाएको छ ।
नियमित कार्यक्रमको अलवा स्वास्थ्य तर्फ मधुमेह, उच्च रक्तचाप, दीर्घ श्वासप्रश्वास र मानसिक समस्यामा परेकाको पहिचान गरी औषधी वितरण गरीएको पालिका अध्यक्ष तिमल्सिनाको भनाई छ । गाउँपालिकाले गाउँमा नै रोजगारी सृजनाको लागि पशु पालन गर्ने कृषकलाई प्रोत्साहनको लागी अनुदानमा गाई र भैसी खरीद गर्ने नीति अनुसार यो वर्ष २ सय ५ जना कृषकसँग सम्झौता गरेको छ । २ सय १० कृषकलाई मिनी टेलर प्रदानको लागी प्रक्रिया सुरु भएको साथै अनुदानमा टनेल र कृषक प्रोत्साहन अन्तरगत हल गोरु पाल्ने कृषकलाई दाना वितरण गरेको जनाएको छ । यस्तै २ वर्षको अवधिमा ५.२१ किलोमिटर नया सडक निमार्ण , ४.२४१ किलोमिटर सडक ढलान, १२.४१ किलोमिटर सडक सोलिंग, २७.५५ किलोमिटर सडक चौडा गर्ने कार्य सम्पन्न भएको सुनकोशी गाउँपालिकाले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।