स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, सानोसिरुवारीमा क्षयरोग मुक्त नेपाल मुक्त अभियान शुरुआत भएको छ । संघीय सरकारको सन् २०५० सम्म नेपाललाई पुर्ण रुपमा क्षयरोग मुक्त बनाउने योजना अनुसार सानोसिरुवारीबाट समेत अभियान शुरुआत गरिएको हो ।
अभियानको क्रममा वडाध्यक्ष डम्बरबहादुर तामाङको अध्यक्षतामा क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रमको वडा समिति गठन गरिएको चौतारा साँगाचोकगढि नगरपालिका स्वास्थ्य शाखाका अधिकृत शिव पुरीले बताए । वडामा २९ सदस्यीय समिति गठन गरिएको छ ।
समिति गठनसँगै वडामा क्षयरोग लागेको बिरामीको पहिचान, निदान तथा उपचारमा भएका समस्या र समाधानका उपायबारे समेत छलफल भएको थियो ।
हाल चौतारा साँगाचोकगढी नगरपालिकाभर जम्मा २५ जना व्यक्तिमा क्षयरोग भएको तथ्यांक छ । जसमध्ये सानोसिरुवारीमा मात्रै ४ जना रहेका सानोसिरुवारी स्वास्थ्य चौकीकी इन्चार्ज सविना सापकोटाले बताइन् । नगरपालिकाको अन्य वडाको तुलनामा यो संख्या उच्च हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८