स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विं.सं. २०३९ सालको बैशाख महिनामा सिन्धुपाल्चोक जिल्लाबाट २ जना युवतीहरुलाई भारत लगेर बेचेको आरोप लागेका १ व्यक्तिलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँ रपालिका २, साबिकको बरुवा गाविस ८ का नारायण विक्रम सिलवाललाई ईलाका प्रहरी कार्यालय, मेलम्चीले पक्राउ गरेको हो । सिलवाल ६९ वर्षका भए ।
सिलवालले ती २ जना युवतीलाई गाउँमा किन दुःख गरेर गाउँमा बस्छौ, म राम्रो काममा लगाइदिन्छु भनी प्रलोभनमा पारी गाउँबाट लगेका थिए । उनिहरुलाई भारतको कलकत्ता र बम्बई शहरमा लगी भारतीय चालिस हजार रुपैयाँमा बिक्री गरेको प्रहरीले बताएको छ । उनलाई जिल्ला अदालत , सिन्धुपाल्चोकमा मानव वेचविखन तथा ओसार पसार मुद्दा लागेको छ ।
हिजो जेठ २० गते पक्राउ परेका उनलाई अदालतमा पेश गरी ४ दिनको लागि म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८