स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
महेश नेपाल । युरोप पठाइदिन्छु भन्दै दोलखा, गौरीशंकर–३, कोलबारी स्थाई घर भएका कुमार बिक्रम खत्रीले करोडौँ ठगेको पाइएको छ ।
भारतीय आधार कार्डमा नाम आकास क्षेत्री र घर पश्चिम बंगाल उल्लेख गरेका खत्रीले क्यानडा, पोल्याण्ड, लिथुनिया लगायतका देशहरू पठाउने प्रलोभन देखाउँदै, नक्कली एल.एम. आईए, अफर लेटर र भि.एफ.एस. को मिति समेत निक्लिसकेको झुटो आश्वासन देखाउँदै प्रतिव्यक्ति पटक पटक गरि दुई लाख सम्म उठाएको पाइएको छ ।
आफू मुछिने डरमा खत्रीले आफ्ना आफन्त र साथीभाईको खातामा रकम जम्मा गर्न लगाएका थिए । पीडितहरूलाई विगत दुई वर्षदेखि क्यानडाको चक्करमा झुलाउँदै आएका उनले पछिल्लो पटक पोल्यान्डको लागि भि.एफ.एस गराउँछु, काम हुन्छ हुन्छ भन्दै झुलाउँदै बीस जना युवा युवतीलाई गत असोजमा दिल्लिको पहाड गञ्जको एक होटलमा महिनौँ बन्धक बनाएर राखेको पीडितहरूले बताएका छन ।
पीडित युवाहरूले सम्बन्धित निकायमा बुझ्दा कागजात नक्कली भएको प्रमाणित भएपछि हतोत्साहित भएका खत्रीले पीडितहरूलाई लिथुनिया पठाइदिन्छु भन्दै थुम्थुमाएका थिए । काम नहुने भयो रकम फिर्ता गर्नुस् नभए हामीले कानुनी उपचारको सहायता लिनुपर्छ भन्दा म नेता हुँ ठूलो कुरो गर्नेहरुलाई गुण्डा लगाएर हात खुट्टा भाँचिदिन्छु र मारेर फाल्दिन्छु, त्यसमाथि म अहिले इन्डियन नागरिक हुँ नेपाल प्रहरीले समेत केही गर्न सक्दैन भनेर उल्टो ज्यान मार्ने धम्की दिएको पीडितहरूले बताएका छन ।
उनी अफुलाइ दोलखाकाे नेपाली कांग्रेसका नेता हुँ भन्ने गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।