स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ घण्टाभन्दा लामो लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका ३ र ७ जोड्ने चनौटेस्थित बेलिब्रिज जोखिममा परेको छ । बाढीले बेलिब्रिजको फाउन्डेसन रहेको भूभाग कटान गर्न थालेपछि पुल जोखिममा परेको हो ।
सो स्थानमा २०७८ असार १ गतेको लेदोसहित आएको मेलम्ची बाढीले क्षति पुर्याएको रातोपुल, त्यहि बर्षको साउन १७ गते बगाएको थियो । हेलम्बुकै लाइफलाइनको रुपमा रहेको रातो पुल बगाएपछि सोही स्थानमा नेपाली सेना सहितको सहयोगमा बेलिब्रिज निर्माण भएको थियो ।
सो पुलले हेलम्बुको वडा नं ४,५,६ र ७ लाई गाउँ पालिकाको केन्द्रसँग जोड्दछ भने हेलम्बु १,२ र ३ सहित मेलम्ची नगरपालिका वडा ७ र ८ एवम् पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा न १ र २ का स्थानीयलाई राष्ट्रिय राजमार्गसँग जोड्दछ ।
रातो पुल बगाएको झण्डै सात महिनासम्म सास्ति खेपेका हेलम्बुबासी बल्लतल्ल निर्माण भएको बेलिब्रिज पनि बाढीले बगाउला भन्ने चिन्तामा छन् ।
पुल बगाउने जोखिम बढेपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकै नेतृत्वमा पुल जोगाउने प्रयास समेत शुरुआत गरिएको छ । पालिकाले स्काभेटरको प्रयोग गरि ठुलाठुला ढुङ्गा राखेर नदिको कटान रोक्ने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८