स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेताहरूले एकअर्कालाई घोचपेच गर्दै सिन्धुपाल्चोकको मेलम्चीमा बहुप्रकोप पुर्वसुचना प्रणाली तथा विपद जोखिम न्युनिकरण सम्बन्धी नितिगत छलफल गरिएको छ । जिल्लामा बाढी, पहिरो, चट्याङ जस्ता विपदले निम्त्याएका क्षति तथा आगामी योजनाको विषयमा सर्वपक्षीय छलफल भएको हो ।
बैठकमा मन्तव्य राख्दै सिन्धुपाल्चोक प्रतिनिधि सभा १ का संघीय साँसद माधव सापकोटाले जिल्लामा भएका विपद्को घटनाबारे संसदमा जोडतोडले आवाज उठाएको तर प्रतिनिधि सभा २ का साँसद भने ५ दिनपछि हेलिकप्टरमा सयर गरेको भन्दै हेलिकप्टरले विपद् न्युनिकरण नहुने भन्दै व्यङ्ग्य गरे ।
सापकोटापछि मन्तव्य राखेका प्रतिनिधि सभा २ का साँसद मोहनबहादुर बस्नेतले हिड्ने र गुड्ने बाटो नभएको कारण आफु हेलिकप्टरबाट गएको जवाफ फर्काए । उनले आफ्नो खुट्टाको स्पोर्ट्स जुत्ता देखाउदैं सापकोटा, प्रदेश साँसद युवराज दुलाल र सरल सहयात्री पौडेलको खुट्टातिर हेर्दै साथिहरु जन्ती जान आएको जसरी आएका छन् भन्दै कटाक्ष गरे ।
जिल्लाभरी भएका सडक , बस्ती र खेतियोग्य जमिनमा भएक क्षतिको तथ्याङसहित जिल्लाका स्थानीय तह , प्रदेश र संघिय सरकारको जनप्रतिनिधिहरुको उपस्थितिमा जिल्लामा हालसम्म भएका क्षतिको बिषयमा जिल्ला विपद ब्यवस्थापन समितिले बहस गरिएको थियो ।
सिन्धुपाल्चोकको प्रभावित क्षेत्रको संरक्षणका लागि संघिय सरकारले चासो नदिएको स्थानीय तहले गुनासो गरेको छ । स्थानिय तहका विभिन्न विभिन्न क्षेत्रमा भएको क्षतीको तुलनामा निकै कम रकम मात्रै प्रदश सरकारले कनिका छरेको मेलम्ची गररपालिकाका प्रमुख आइतमान तामाङले गुनासो गरे । विपद् व्यवस्थापनका लागि प्रदेश सरकार सँग ५ करोड रुपैयाँ माग गरेकोमा १५ लाख मात्रै विनियोजन गरेकोमा तामाङको प्रदेश सरकारलाई व्यङ्ग्यात्मक धन्यवाद दिए ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले भने स्थानिय सरकार एक्लैले विपद् व्यवस्थापन गर्न नसक्ने र प्रदेश तथा संघीय सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गरे । बरु गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेकोमा धन्यवाद दिए ।
सिन्धुपाल्चोकको अधिकाँश क्षेत्र बाढी एवम् पहिरोको उच्च जोखिममा रहेकोले त्यसको वैज्ञानिक अध्ययन गरि क्षती न्युनिकरणको लागि पुर्वतयारी गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपालसँग विपद् संभाव्यता अध्ययनको पर्याप्त स्रोतसाधन भएको त्यसले प्रभावकारी काम समेत गर्ने भएकोले अध्ययनमा जोड दिन सबै तहका सरकारलाई ध्यानाकर्षण गराए ।
वैठकमा सहभागी मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्थानियहरुले तिनै तहक सरकारले विपद् पछिको उद्धार र पुनर्निर्माणमा पर्याप्त ध्यान नदिएकोमा आक्रोश पोखे । मेलम्ची बाढीको तीन वर्ष पूरा भइसक्दा पनि बाढी प्रभावितले आवास निर्माण अनुदान प्राप्त गर्न नसकेको उनिहरुको गुनासो थियो ।
बैठकमा प्रदेश साँसदहरु युवराज दुलाल, सरल सहयात्री पौडेल, कृष्णकुमार तामाङ र कुमारी तामाङले समेत विपद् व्यवस्थापनमा प्रदेश सरकारको तर्फबाट आफुहरुले सक्दो सहयोग गरिरहेको आगामी दिनमा पनि हातेमालो गर्न तयार रहेको बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।