स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरपालिका -७ मेलचौरमा जारी चौथो संस्करणको मालिकादेवी कपमा क्वाटरफाइनलमा पुग्ने चार टोली टुङ्गो लागेको छ ।
मंगलबार मेलचौरको दरबारडाँडा मैदानमा सम्पन्न पाँच खेलबाट राई एपसी झापा, पोखरे युवा समाज इर्खु, धार्पा युवा क्लव बाह्रविसे र सुकुटे युवा जागरण मञ्च क्वाटरफाइनलमा प्रवेश गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
मंगलबार अन्तिम ३२ को एक र प्रिक्वाटर फाइनलका चार खेल खेलाइएको थियो । बुधबार प्रिक्वाटर फाइनलका चार खेल हुने छन् । यी खेलबाट चार बिजेता टोलीको टुंगो लागेपछि अन्तिम आठको समीकरण पुरा हुने छ ।
प्रिक्वाटरफाइनलको पहिलो खेलमा राई एफसीले सुनकोशी ‘ए’ लाई ४–१ गोल अन्तरले पराजित गर्यो। राई एफसीको जितमा सनिल मगर दुई, पासाङ र रसिस रञ्जितकारले एक एक गोल गोल गरे। यता, पराजित सुनकोशीका लागि सन्जिव थापा मगरले गरेको एक गोल सान्त्वना बन्यो। यस खेलको ‘म्यान अफ द म्याच’ राई एफसीका सनिल मगर घोषित भए।
दोस्रो खेलमा आयोजक मेलचौर युवा जागरण समाजलाई पोखरे युवा समाजले पेनाल्टीमा १–३ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित ४० मिनेटको खेलमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। खेलमा उपहार गोलबाट पोखरेले सुरुआती अग्रता बनाएको थियो। मेलचौरका गोलकिपर सुशान्त दुलालले आत्मघाती गोल गरे। यस्तै, राजु परियारले गोल गर्दै मेलचौरलाई खेलमा फर्काएका थिए। तर, पेनाल्टीमा भने मेलचौर निराश बन्यो यस खेलको ‘म्यान अफ द म्याच’ पोखरका गोलकिपर सरोज महर्जन घोषित भए।
प्रतियोगिताको दोस्रो दिनको चौथो तथा प्रिक्वाटरफाइनलको तेस्रो खेलमा धार्पा युवा क्लवले इन्द्रावती सिर्जनशील समाजलाई ६-३ गोल अन्तरले पाखा लगायो । धार्पाका धार्पाका कृजल खड्का मगर म्यान अफ द म्याच भए ।
चौथो खेलमा सुकुटे युवा जागरण मञ्च पेनाल्टी सुटआउटमा सेतीदेवी युवा क्लव कुविण्डेलाई ४-२ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । सुकुटेका कृष्ण केसीले म्यान अफ द म्याच प्रदर्शन गरे ।
म्यान अफ द म्याच बनेका खेलाडीले नगद पुरस्कार १ हजार रुपैयाँसहित ट्रफी पाए । मेलचौर युवा जागरण समाजको आयोजनामा जारी सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जित्ने छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।