स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यहि कात्तिक ३० गते कार्तिक पुर्णिमाका दिन लाग्ने भव्य मेलाका लागि सिन्धुपाल्चोकको गौराती मन्दिर दुलहीझैं सिंगारीएको छ । सिन्धुपाल्चोककै सबैभन्दा ठूलो धार्मिक मेलाको रूपमा चिनिएको चौतारा साँगचोकगढी नगरपालिका ६ स्थित गौराती मेलाको सम्पूर्ण तयारी पूरा भएको हो ।
मेलाको व्यवस्थापकीय पक्षको तयारी गौराती भिमसेन युथ क्लबले गर्ने गरेको छ भने पुजा सम्बन्धि पक्षको तयारी गौराती भिमसेन गुठीले गर्ने गरेको छ ।
मेला व्यवस्थापन तर्फको मन्दिर सिंगार्ने, व्यापारीक स्टलहरु तयार गर्ने, सवारीसाधन पार्किङ स्थल बनाउने तथा सांगीतिक कार्यक्रमको तयारी पूरा गरेको क्लबका अध्यक्ष वाङ्गेल लामाले बताए ।
गौराती टोलको मुल सडकदेखि मन्दिरसम्म ध्वजापतंगा लगाउने, झिलिमिलि बत्ती हाल्ने, मन्दिर सरसफाइ गर्ने, राती बत्ती बाल्ने दर्शनार्थिको सहजताका लागि मन्दिर वरिपरि बिजुलीबत्ती बाल्ने तथा बस्ने ठाउँ बनाउने लगाएका कार्य सम्पन्न भएका छन् ।
कात्तिक ३० गते दिउँसो चर्चित गायक सुगम पोख्रेल सहित चन्द सिं तमु, रश्मि बोम्जन, संजिव पुडासैनी , प्रदिप रोक्का लगाएतका कलाकारले प्रस्तुती दिने क्लबका अध्यक्ष लामाले बताए ।
तस्बिरहरु: वाङ्गेल लामा
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८