स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
खेतबारीमा आएर बालीनाली नाश गर्दै आएको बाँदर घरभित्रै छिरेर बितण्डा मच्चाउन थालेपछि भएको घम्साघम्सीमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४, बिन्जेलमा ४ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।
बाँदरको हुल गाउँमा पस्ने क्रममा तल्तागाउँका स्थानीय जयराम नेपालको घर नजिकै सिंचाइका लागि निर्माण गरिएको पोखरीमा बाँदरको बच्चा खसेको थियो । पोखरीमा बच्चा खसेपछी बाँदरको हुल जयरामको घरमा पस्यो । स्थानीय वसन्त नेपालका अनुसार घरमा बाँदर छिरेपछि गाँउले आएर बाँदर धपाउन थाले । बाँदर धपाउन आएका मध्ये घरभित्र छिरेका ४ जनासँग बाँदरको घम्साघम्सी परेको हो ।
घरभित्र बाँदरसँग घम्साघम्सि परेका चारै जना घाइते भएका छन् । ४ जना मध्ये २ जना सामान्य उपचार पछि घर फर्कीएका छन भने केशव नेपाल र जयराम नेपाललाई थप उपचारका लागि टेकु अस्पताल पुर्याइएको छ ।
घटना दिउँसो करिब ४ बजेको समयमा भएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८