स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी , सिन्धुपाल्चोक जिल्ला समितिले पुर्णता पाएको छ । शनिबार जिल्ला सदरमुकाम चौतारामा भएको जिल्ला भेलाले पार्टीको नयाँ विधान अनुुसार जिल्ला समितिलाई पुर्णता दिएको हो ।
पार्टीमा यसअघि जिल्ला तहमा संयोजक र उपसंयोजक रहनेगरी स्थानीय तहको समिति पुर्ण कार्यकारी हुने प्रावधान थियो । पार्टीको विधानले स्थानीय तह समितिको समन्वय गर्ने भुमिकामा मात्रै रहेको जिल्ला समितिलाई अधिकारसम्पन्न बनाउदै पुर्ण समिति समेत रहने उल्लेख गरेबमोजिम सिन्धुपाल्चोकले पनि जिल्ला भेला गरेको हो ।
भेलाले वर्तमान संयोजक माया गुरुङलाई जिल्ला सभापति र उपसंयोजक पासाङ तामाङलाई उपसभापति चयन गरेको छ । पार्टीको सचिव, सहसचिव र कोषाध्यक्ष पदमा क्रमश: चक्रपाणी सिग्देल, बलराम सत्याल र दिलराम श्रेष्ठ चयन भएका छन् । सदस्य पदमा निर्वाचित श्रेष्ठलाई आजै बसेको पहिलो बैठकले कोषाध्यक्ष मनोनीत गरेको सभापति माया गुरुङले बताइन् ।
पार्टीको सिन्धुपाल्चोक जिल्ला समिति सदस्य पदमा भने राजिव हमाल, भरतकुमार पाठक, प्रदिप सिलवाल र दोर्जे तामाङ चयन भएका हुन् । समितिमा छुट भएका समावेशी तर्फका सदस्यहरु समितिले मनोनीत गर्नेछ । जिल्ला समितिमा स्थानीय तह समितिका सभापतिहरु पदेन सदस्य रहने प्रावधान छ ।
चौतारामा भएको जिल्ला भेलामा पार्टीका केन्द्रीय प्रवक्ता एवम् प्रखर वक्ता रमेश प्रसाईं , केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी लगाएतले सम्बोधन गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।