स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकले उत्पादन गरेको कृषि सामान खेर नजाने उदेश्यले चौतारा साँगाचोकगढी नगरपालिका ४, कुविण्डेमा शितभण्डार स्थापनाको लागि ठेक्का आह्वान भएको छ । नगरपालिकाले फागुन १४ गते ३० दिने सुचना प्रकाशित गरि ठेक्का आह्वान गरेको हो ।
नगर गौरवको आयोजना अन्तरगत सञ्चालन हुने उक्त शितभण्डार निर्माण सम्पन्न भएपछि आलु, धान तथा दुग्धजन्य पदार्थ अधिक उत्पादन हुने कुविण्डेका कृषकहरु प्रत्यक्ष लाभान्वित हुनेछ्न । कुविण्डेमा उत्पादन हुने आलु मात्र संकलन गर्ने हो भनेपनी तीन महिनामा दोब्बर मुल्यमा बेच्न सकिने नगरपालिकाका कृषि शाखा प्रमुख चिरञ्जीवी कट्टेलले बताए । साँगाचोक र चौतारामा रहेको शितभण्डारहरु पनी चाडै संचालनमा ल्याई नगरको स्वामित्वमा निजि क्षेत्रले संचालनमा ल्याउने तयारी भइरहेको र किसानको उत्पादित कृषि सामाग्री बजारिकरणमा समस्या नहुने नितिमा नगरपालिका रहेको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । नगर प्रमुख सापकोटाले डडुवाको माटोमा उत्पादित गोलिभेडा खेर नजाओस भन्ने उदेश्यले त्यहा टमाटर सस उध्योग संचालनमा ल्याइने बताए ।
आफुले नयाँ व्यवसायीक बालिहरुमा सम्भाब्यता अध्ययन गर्न सबै वडाका कृषियोग्य जमिनको माटो परिक्षण गर्ने कार्यक्रम संचालन गरिसकेको र जिविकोपार्जनको क्षेत्रमा काम गर्ने र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाहरुसंग साझेदारी गरि कार्यक्रमहरु संचालन गरिरहेकोमा सबै वडाबासी जनता , जनप्रतिनिधि , कर्मचारी सबैको सहकार्यमा नै सबै क्षत्रमा बिकास र समृद्धि सम्भव रहेको नगर प्रमुख सापकोटाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।