Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मेहफिलमा गुञ्जियो मुक्तक, श्रेष्ठलाई ‘मुक्तक सम्राट’ उपाधिद्वारा सम्मान

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ फागुन ७, आईतबार (७ महिना अघि)
मेहफिलमा गुञ्जियो मुक्तक, श्रेष्ठलाई ‘मुक्तक सम्राट’ उपाधिद्वारा सम्मान

जिन्दगी शीत हो कर्कलामा टल्कने
जिन्दगी गीत हो हृदयभरी घन्कने
ज्यूँदै मर्ने लाछीहरुलाई के थाहा
जिन्दगी ज्वाला हो छातीभरि सल्कने

सिन्धुपाल्चोकको पहिलो मुक्तक कृतिकार जीवन श्रेष्ठको झरेका फूलहरु संग्रहमा रहेको यो मुक्तक वाचन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका– ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले मुक्तक मेहफिलको उद्घाटन गरे ।

शब्द–सारथिको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा आईतबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाकक्षमा भएको कार्यक्रममा ६ मुक्तककारको ७२ वटा मुक्तकले मेहफिल गुञ्जियमान भयो । मुक्तक मञ्च सिन्धुपाल्चोक शाखाको सहकार्यमा गरिएको सो मुक्तक मेहफिलमा मुक्तककार अमित घिमिरे, सुन्दर शिरीष, रमेश श्रेष्ठ, हेमन प्रधान, ऋषिराम अपवाद र केशव आशुतोषले मुक्तक वाचन गरेका थिए । विजय नेपालले सुत्राधार गरेको मेहफिलको पहिलो चरणमा ६ मुक्तककारले ५/५ वटा मुक्तक वाचन गरे । दोस्रो चरणमा ४/४ वटा र तेस्रो चरणमा ३/३ वटा मुक्तक वाचन गरी मेहफिललाई रौनकता प्रदान गरेका थिए ।

कार्यक्रममा सिन्धुपाल्चोकको पहिलो मुक्तक कृतिकार जीवन श्रेष्ठलाई ‘मुक्तक स्रमाट’ उपाधिद्वारा सम्मान गरिएको थियो । सिन्धुको पहिलो मुक्तक संग्रह झरेका फूलहरु वि.सं. २०५३ सालमा प्रकाशन भएको थियो । मुक्तकको पहिलो कृति प्रकाशन गरी सिन्धु साहित्यलाई थप उचाईमा पुर्याउन योगदान पुर्याएवापत श्रेष्ठलाई ‘मुक्तक स्रमाट! उपाधिद्वारा सम्मान गरिएको शब्द–सारथिले जनाएको छ । सम्मान पछि श्रेष्ठले आफ्नो मुक्तक संग्रहबाट पाँचवटा मुक्तक वाचन गरेका थिए ।

मेहफिलको अवसरमा मुक्तक मञ्च सिन्धुपाल्चोक शाखाका अध्यक्ष सुन्दर शिरीषले ‘मुक्तकमा सिन्धु’ नामक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा को पहिलो खण्डमा कवि दील कार्की, इसान घिमिरे, निर्मल बस्नेतलगायतले सिर्जना वाचन गरेका थिए । मुक्तक मेहफिल पछि कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका– ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठले मेहफिलमा वाचन गरेको मुक्तकहरु चोटिलो हुनुको साथै समाजलाई सहि गन्तव्य देखाउन प्रेरित रहेको बताए । ‘मुक्तकले मनोरञ्जन मात्र प्रदान गरेको छैन समाज विकास, रानीतिज्ञलाई सच्चिन आग्रह, वेरोजगारीको पीडा, विदेशिनुको पीडा, प्रेम, राज्य सञ्चालन पद्धतिप्रति व्यङ्गजस्ता कुरालाई प्रस्तुत भयो’, उनले भने– ‘यो प्रहारले पक्कै सकारात्मक प्रवाह ल्याउने छ ।’

शब्द–सारथिको स्थापनाकालदेखि नै आफू कुनै न कुनै रुपमा संलग्न रहेको बताउँदै श्रेष्ठले शब्द–सारथिले सिन्धुपाल्चोकको साहित्य क्षेत्रमा विशेष योगदान पुर्याएको बताए । ‘विभिन्न विसंगतिबिरुद्ध सडक कविता वाचन, राष्ट्रिय/अन्तराष्ट्रिय साहित्य यात्रामार्फत जिल्लाको प्रचार प्रसार, राष्ट्रियस्तरको प्रतियोगिता, विद्यार्थीसँग सिर्जना साटफेरजस्ता कार्यक्रम गरी साहित्यको उच्चतम विकास गर्न शब्द–सारथि लागिरहेको पाएको छु’, श्रेष्ठले भने– ‘यस्ता कार्यक्रमले जिल्लाको कला, साहित्य, संस्कृति प्रबद्र्धनमा विशेष भूमिका खेल्छ ।’

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले सहयोग गरेको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यपालिका सदस्य एवम् वडा नं. ५ को वडा सदस्य सानुमाया गुरुङ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य उजार सिं तामाङ, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकका अध्यक्ष निर्मल बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमकै बीच चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ वडास्तरीय बाल सञ्जालले प्रकाशन गरेको स्मारिका ‘कर्णधार’को विमोचन गरिएको थियो । प्रमुख अतिथि नरमान श्रेष्ठले स्मारिकाको विमोचन गरेका थिए । त्यस्तै कार्यक्रममा मेहफिल सफल बनाउन विशेष योगदान पु¥याएको भन्दै पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, कञ्चन स्मृति ग्राम पुस्तकालय, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोक र मेहफिलका सुत्राधार विजय नेपाललाई मायाको चिनो प्रदान गरिएको थियो ।

स्रष्टा, सारथि, साहित्यनुरागी, बुद्धिजीवि, सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई समापन गर्दै शब्द–सारथिका अध्यक्ष अमित घिमिरेले साहित्यको उन्नयनको लागि संस्थाले स्थापनादेखिनै केहि न केहि काम गरिरहेको बताए । ‘साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा लिईने गरेता पनि साहित्य राज्यको एउटा अभिन्न अंग हो भन्ने कुरालाई संस्थाले उजागर गर्दै आईरहेको छ’, उनले भने– ‘यो मेहफिलको आयोजना गरी एउटा मूधन्र्य स्रष्टालाई सम्मान गर्न पाउनु हाम्रो गौरवको कुरा हो ।’ अध्यक्ष घिमिरेले कार्यक्रमलाई सफल बनाउन जुट्ने वडा कार्यालय, विभिन्न संघसंस्था, विभिन्न व्यक्तित्व, सञ्चार क्षेत्रलाई विशेष धन्यवाद व्यक्त गरे । ग्लाेबलपाटीबाट

प्रतिक्रिया दिनुहोस
कला/साहित्य सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0