Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सँगै सुतेका पति अर्कै महिलासँग कुरा गरेपछि पत्नीद्वारा हत्या !

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ भाद्र ५, आईतबार (९ महिना अघि)
सँगै सुतेका पति अर्कै महिलासँग कुरा गरेपछि पत्नीद्वारा हत्या !

बागलुङ/ ओछ्यानमा सँगै सुतेका पति अर्कै महिलासँग फोनमा कुरा गरेको भेटेपछि पत्नीले पतिको हत्या गरेको खुलासा भएको छ ।बगलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय पति गुनबहादुर विकको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् ।

गत साउन २५ गते राति उनले पतिको टाउको छिनाएर निसीखोलामा बगाएको घटना सार्वजनिक भएको हो । साउन २५ गते हत्या गरेर फाले पनि भदौ १ गते टाउको बिनाको शव खोलामा भेटिएको थियो । शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा पत्नी कुमारी र उनकी बहिनी १८ वर्षीया मनिषालाई पक्राउ गरेको छ । घटनाको १० दिनपछि मात्रै प्रहरीले कुमारीलाई पक्राउ गरेको हो ।

२५ वर्षीय विक रोजगारीका लागि मलेसिया जानका लागि भिसा लागेर बसेका थिए । भिसा लागेपछि केही दिनदेखि रक्सी पिउने, घुम्ने र मेला भर्न जाने योजना बुन्दै गरेको र सोही अनुसार साथीहरुलाई फोन गर्ने क्रममा अन्य महिलाको नाम लिएको सुनेर रिसाएकी पत्नी कुमारीले सुतेकै स्थानमा घनले हानेर बेहोस पारेकी थिइन् ।

त्यसपछि चिर्पट दाउराले हानेर हत्या गरेपछि खुकुरीले घाँटी रेटेर छिनालेको प्रहरीसँगको बयानमा बताएको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए ।

प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार मृतकको टाउको अझै भेटिएको छैन । घटनामा मृतककी साली मनिषाले पनि साथ दिएको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि ज्ञवालीसहित अन्य चार जना प्रहरी अधिकृत खटिएका थिए । घटनास्थल पत्ता लगाउन पनि प्रहरीलाई हम्मे परेको थियो ।

‘खोलाको किनारदेखि युवाले रक्सी पिएको स्थानसम्म अनुसन्धान गर्दा पनि पत्ता लगाउन सकिएको थिएन,’ ज्ञवालीले भने, ‘पत्नीको बयानपछि मात्रै सुतेकै स्थनमा हत्या गरेको पत्ता लाग्यो ।’ हत्यापछि बहिनीसँगै मिलेर घर सफाइ गरेको, रगत लागेको सबै स्थानमा लिपपोत गरेको देखिएको उनले बताए ।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र घनसमेत बरामद गरेको जनाएको छ । आइतबार प्रहरीले अभियुक्तलाई सार्वजनिक समेत गरेको छ । विवाह भएको ६ वर्षमा गुनबहादुरले धेरै महिलासँग फोन र म्याजेज गर्ने र पत्नीलाई चिढ्याउने गरी भ्वाइस म्यासेज पठाएको भेटिएको प्रहरीको अनुमान छ ।

लेख्नपढ्न नजानेकी पत्नीले सुन्नसक्ने गरी भ्वाइस म्यासेज पठाउने गरेपछि पत्नी कुमारी पतिप्रति आक्रोशित थिइन् । उनले घटना भएकै दिन पनि सँगै सुतेकै स्थानबाट अर्कै महिलासँग कुराकानी गरेको र मेला घुम्न जाने योजना बनाएको कुरा सुनेपछि राति नै हत्या गरेको बयानका क्रममा बताएकी छन् । शनिबार पक्राउ परेकी कुमारीलाई प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरेको बताएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0