स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नक्कली ऋणी खडा गरि सहकारीको बचतकर्ता ठग्ने सिन्धुपाल्चोक हेलम्बु गाउपालिका ७ इचोकमा रहेको नवजीवन साना किसान कृषि सहकारीका अध्यक्ष टंकप्रसाद गजुरेल पक्राउ परेका छन् ।
सस्थाका अध्यक्ष गजुरेलको नेतृत्वमा ७८ जना भन्दा बढी नक्कल ऋणी खडासहकारीको एक करोड १८ लाख भन्दा बढी रकम हिनामिना गरि ठगी गरेको आरोप छ ।
उनलाई बैशाख ३१ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालत, सिन्धुपाल्चोकबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
उनले सहकारी संचालन गर्ने क्रममा आफु खुसी रकम चलाएर कृषिको नाममा ऋण देखाउने गरेको इचोकका एक स्थानीयले बताए । सस्थाको अध्यक्ष गजुरेलेले गाउँको सोझा साझा व्यक्तिको नाममा ऋण देखाइ रकम चलाउने र अन्य व्यवसायमा लगाउनदेखि चर्को ब्याजमा ऋण दिने समेत गरेको ती स्थानीयले बताए ।
कर्जामा सनाखत गर्ने ७६ जना सेयर सदस्यको लगानी ३५ लाख ३६ हजार ३ सय ७७ भएकोमा ७८ जना नक्कली कर्जाको कागजात मिलाइ १ करोड १८ लाख रकम हिनामिना गरेपछि हेलम्बु गाउपलिकाले सहकारीको हिनामिनाबारे छानबिन समिती बनाएको थियो । समितिले गाउँपालिकालाई प्रतिवेदन पेश गरेको छ । जसमा गजुरेलको नेतृत्वमा १ करोड १८ लाख रुपैयाँ हिनामिना गरि ठगी गरेको उल्लेख छ । सस्थाको मिति २०७७ साउन १८ मा भएको तत्कालीन छानबिन समितिले सस्थाको नाममा ४ वटा खाता, शेयर सदस्यहरुको ब्यक्तिगत खाता र अन्य सम्बन्धि अभिलेखहरु अध्ययन तथा निरीक्षण गर्दा २०७७ असार ३१ मा १५४ सेयर सदस्यहरुमा १ करोड ५३ लाख ४० हजार २ सय ७८ कर्जा लगानी भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
सम्पत्ति हिनामिना गरी ठगि गरेका गजुरेलले प्रतिवेदनले औँल्याएको विवरण यथार्थ परक रहेको भन्दै हेलम्बु गाउँपालिका ७ का वडाध्यक्ष खेतराज घिमिरेको रोहबरमा २०७८ भदौ २२ गते भित्र ८० लाख ४४ हजार रुपैयाँ फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनले हालसम्म पनि रकम फिर्ता नगरेपछि समितिले प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रकम ठगीमा तत्कालिन प्रबन्धक शर्मिला भट्टराईले पनि मतियारको भूमिका निभाएको प्रतिवेदनमा उल्लेख छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।