स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौँ- सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ । दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
हाल हिउँदमा मात्र मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ । वर्षायाममा पानी बन्द हुने गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८