स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१२ पुस, चौतारा ।
म्याद सकिएको लामो समय भइसक्दा समेत विद्यालय व्यवस्थापन समिति गठन गर्न कुनै चासो नदिएको लगाएत विभिन्न अव्यवस्थाप्रति विरोध जनाउँदै श्री सिद्धीगणेश माध्यमिक विद्यालयमा तीन राजनीतिक दलले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित सो विद्यालयको विव्यसको कार्यावधी गत भदौमा नै सकिएको हो । वडाध्यक्ष उमाप्रसाद दुलालको भाइ मुक्तिनाथ दुलाल अध्यक्ष रहेको समितिको म्याद गुज्रिएर विद्यालय विव्यस विहिन हुदाँ पनि वडा र विद्यालय प्रशासनले कुनै चासो नदिपछि नेकपा एमाले , नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
‘प्रस्तुत विषयमा यस चौतारा सागाचोकगढी नगरपालिका वडा नं ७ स्थित श्री सिद्धी गणेश माध्यामीक विद्यालय मा विगत केही समय देखि विद्यालय व्यवस्थापन समिति को कार्यकाल समाप्त भएको मा गठन प्रकृया हालसम्म पनि अगाडी नबढाइएको, विद्यालयको विभीन्न कृयाकलाप तथा बैठकहरुमा कुनै पनि राजनितिक दल तथा सरोकारवाला पक्षहरुलाई खवर नगरेको विद्यालयको आय व्यय यर्थाथ रुपमा सार्वजनिक नगरेको, विद्यार्थीहरुको शैक्षिक स्तर घट्दै गएको साथै विद्यालय प्रशासनले मनोमानी ढंगले विद्यालय संचालन गरीरहेको हुनाले हामी तपशिल बमोजोमिको राजनीतिक दलहरुको उक्त विषयमा गम्भीर ध्यानाकार्षण भएको छ । सो विषयमा सम्बन्धीत सरोकार वालाहरु ले यथाशिघ्र अभिभावक भेला गराई व्यवस्थापन समिति गठन लगाएतका विषयहरुमा अभिभावक लगाएत सरोकारवालाहरुको राय सल्लाह सुझाव अनुसार विद्यालय संचालन गर्नको लागि सम्बन्धीत विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउदछौ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सो पत्रमा महेश धिताल, अध्यक्ष ने.क.पा (एमाले) चौतारा सागाचोकगढी न.पा-७, वडा कमिटि, रामबहादुर दुलाल सभापति, नेपाली काग्रेस चौतारा सागाचोकगढी न.पा-७, वडा कमिटि र नारायण बहादुर दुलाल, अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी , चौतारा सागाचोकगढी न.पा-७, वडा कमिटिको हस्ताक्षर रहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।