स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयनमा सिन्धुपाल्चोकका ४ वटा क्याम्पसमा सर्वसम्मत कार्यसमिति चयन भएको छ भने बाँकी क्याम्पसमा निर्वाचनबाट नेतृत्व छनौट हुनेछ ।
सिन्धुपाल्चोकको जुगल बहुमुखी क्याम्पस, साँगाचोकमा नेपाल विद्यार्थी संघबाट नवीन गिरि र अनेरास्ववियु क्रान्तिकारीबाट सुदर्शन अर्यालले सभापति पदमा उम्मेदवारी दिएको क्याम्पसका स्ववियु निर्वाचन संयोजक अर्जुनकुमार राइले बताए । त्यस्तै सचिवमा अनेरास्ववियुकी अस्मिता बोहरा र अनेरास्ववियु क्रान्तिकारी कि मञ्जु नेपाल , कोषाध्यक्षमा अनेरास्ववियुका रवि श्रेष्ठ र अनेरास्ववियु क्रान्तिकारीकि मनिला लामा र सदस्यहरुमा अनेरास्ववियुकि निर्मला तामाङ , नेविसंघकी प्रतीक्षा तामाङ र मनिषा कार्की तथा अनेरास्ववियु क्रान्तिकारीका अनिष गिरी, सुष्मिता तामाङ र कुसुम तामाङ उम्मेदवार रहेको राइले बताए ।
इन्द्रावती बहुमुखी क्याम्पस , मेलम्चीमा ६ जनाले सभापति पदको लागि उम्मेदवारी दर्ता गरेको क्याम्पसका स्ववियु निर्वाचन संयोजक राजेन्द्रबहादुर श्रेष्ठले बताए । क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी (विप्लव) बाट नीर बहादुर घिमिरे , नेविसंघ बाट सरोज बस्नेत , अनेरास्ववियु बाट किसान दुलाल सहित स्वतन्त्रबाट नुर्चुङ लामा, दामोदर चालिसे र रामहरि कार्कीले मनोनयन दर्ता गराएका छन् । सचिव पदमा भने नेविसंघकि अस्मिता दुलाल र अनेरास्ववियु क्रान्तिकारीबाट सन्तोष खतिवडा, कोषाध्यक्ष पदमा नेविसंघकि मनिषा चालिसे र अनेरास्ववियु क्रान्तिकारीका अमृत सापकोटा उम्मेदवार बनेका छन् ।
जलविरेमा रहेको जलविरे भ्यालि क्याम्पसमा अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी र नेविसंघबाट क्रमशः दिनेश गोले, अच्युत अधिकारी र सुरेश ढकाल, सचिव पदमा क्रमशः मेनुका थापा, विक्रम भट्टराई र सरु थापा, कोषाध्यक्ष पदमा क्रमशः सुदर्शन ढकाल, दिपा सापकोटा र रामबहादुर विकको उम्मेदवारी दर्ता भएको क्याम्पसका निर्वाचन संयोजक कुमार सापकोटाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।