स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल पुरस्कृत भएका छन् । ‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नाराका साथ मनाइने शिक्षा दिवस २०८० को अवसरमा देशभरबाट १६७ जना सम्मानित हुँदा सिन्धुपाल्चोकबाट लामा र नेपाल सम्मानित भएका हुन् ।
हेलम्बु २, शेर्माथाङमा रहेको याङ्ग्रीमा बोर्डिङ स्कुलका संस्थापक लामाले सो बोर्डिङमा गरेको योगदानका आधारमा उनलाई सो सम्मान प्रदान गरिएको हो । लामाले सो बोर्डिङमा निशुल्क रुपमा उच्च मावि तहमा होटल म्यानेजमेन्ट र पर्यटन विषयमा अध्यापन गराइरहेका छन् । साथै लामाले सञ्चालन गरेको जस्ट नेपाल फाउण्डेसनले समेत हेलम्बु गाउँपालिकामा शिक्षा परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाले गाउँपालिकाभित्र विद्यालय उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न अभिभावक तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको क्षमता वृद्धि गराइरहेको छ । लामा निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी तथा संस्थापक तर्फबाट उक्त पुरस्कारका लागि छनौट भएका हुन् ।
बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माविका शिक्षक हरेराम नेपाल समेत सो पुरस्कार प्राप्त गरेका छन् । नेपाल सिन्धुपाल्चोककै बलेफी ४, बिञ्जेलका स्थायी बासिन्दा हुन् । उनी बालशिक्षा माविमा माध्यामिक शिक्षकको रुपमा गणित विषयको अध्यापन गराउँदै आएका छन् । नेपालले सार्वजनिक विद्यालयका शिक्षकको तर्फबाट सम्मानित भएका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।