स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ६० औं बालदिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले सो वडालाई बालमैत्री वडा घोषणा गरेका हुन् ।
वडाले बालमैत्री घोषणाका लागि तोकिएको ५१ वटा सुचकहरु पुरा गरि बालमैत्री वडा घोषणा गर्न सफल भएको हो । बालमैत्री वडा घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बालबिकास, बाल सहभागिता र संस्थागत बिकास गरि ६ वटा समूहको ५१ वटा सुचकमा अंकभार १ सयलाई आधार बनाएको वडा अध्यक्ष डम्बरबहादुर तामाङले जानकारी गराए ।
बालमैत्री वडा घोषणाको प्रतिबद्धता पत्रमा नगरप्रमुख, उपप्रमुख लगायत सवैले हस्ताक्षर गरेका छन् । वडाको कुल ९ सय ५४ घरधुरीका १ हजार ३ सय ८३ जना बालबालिका रहेका छन् । वडाको सिद्धिगणेश मावि, ज्ञानमन्दिर नमुना मावि, कल्लेरी आवि र नवज्वती वालबिकास केन्द्रमा गरि जम्मा ८ सय ७१ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
नगरभित्रका बिबिध कारणले समस्यामा परेका बालवालिकाहरुलाई शिक्षाको वातावणबाट टाढा हुन नदिन स्थापना गरेको शहीद स्मृति बालग्राम पनि सोही वडाको दरवारडाँडामा रहेको छ । उक्त बालग्राममा २० जना बालबालिकाले आवाससहितको सुबिधा लिएर ज्ञानमन्दिर नमुना माविमा अध्ययन गर्दै आइरहेका छन् ।
यसअघि चौतारा साँगाचोकगढी १३ ले जिल्लाकै पहिलो वडाको रुपमा र मेलम्ची ७ ले दोस्रो वडाको रुपमा बालमैत्री वडा घोषणा गरेको छ । त्यसपछि चौतारा सागाचोकगढी नगरपालिका ७ ले जिल्लाको तेस्रो बालमैत्री वडा बनेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, चौतारा १३ का वडाध्यक्ष रामप्रसाद गौतम लगाएतले कार्यक्रममा बालमैत्री वडा घोषणा मात्रै प्रमुख कुरा नभएको , बरू यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको धारणा राखे ।
बालमैत्री वडा घोषणाको क्रममा वडाले प्रकासनमा ल्याएको वालवालिका स्थितिपत्र २०८१ को समेत विमोचन गरिएको थियो । उक्त स्थितिपत्रका बारेमा बालमैत्री वडा घोषणा सहजिकरण उपसमितिका संयोजक राजकुमार यादवले प्रष्ट्याएका थिए ।
वडाको अभियानमा सहयोग गर्नेहरु शिक्षा, स्वास्थ्य, वन , खानेपानी लगायतका सवै क्षेत्रमा कृयासिलहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा हास्यकलाकार घनश्याम तिमल्सीनाको हाँस्यव्यङ्ग्य प्रस्तुती, स्थानीय नेवारी धिमेवाजा, बिद्यार्थीहरुको गीत तथा नृत्यको प्रस्तुतीले कार्यक्रमलाई मनोरञ्जन प्रदान गर थप प्रभावकारी बनाएको थियो । साथै साहित्यकार बिनोद श्रेष्ठको कबिता बाचनले सवैलाई मद्रमुक्त बनाएको थियो ।
बालमैत्री वडा घोषणा समारोहमा आमन्त्रीत अतिथिहरुलाई वडाअध्यक्ष तामाङले वडाको पर्यटकीय स्थलहरु भुतछाँगा, भदौरे गणेश र पालेथुम्केडाँडामा निर्मीत बाघ प्रतिमाको चित्राङ्कित मायाको चिनो प्रदान गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।