स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले पालिकाभरीका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । पालिकामा रहेका कुल १० वटा विद्यालयमध्ये ८ विद्यालय सहभागी भएकोमा जुगल १ मा रहेको सेलाङ मावि प्रथम भएको छ ।
गाउँपालिकाको शिक्षा शाखाले रत्नराज्य मावि, बराम्चीमा गरेको उक्त प्रतियोगितामा जुगल ५ को रत्नराज्य मावि दोस्रो, जुगल ४ को कालीदेवी मावि तेस्रो र जुगल ६ को वनकाली मावि चौथो भएको शिक्षा अधिकृत प्रदिप पराजुलीले बताए ।
यस्ता प्रतियोगिताले विद्यालयहरुमा स्वास्थ प्रतिस्पर्धाको भावना विकास हुने र बिद्यार्थीहरुका समेत पाठ्यपुस्तकबाहेकका ज्ञान पनि महत्त्वपूर्ण छ भन्ने भावनाको विकास हुने गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८