स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कृष्णप्रसाद धिताल’धिताल चिरिच्याट्ट’ को प्रमुख भुमिका रहेको नेपाली चलचित्र ‘जुना’ माघ २५ गतेबाट देशभरको सिनेमाघरमा छाउने भएको छ ।
बाल विवाह तथा महिला हिंसाविरूद्ध सन्देश दिने फिल्म ‘जुनाः एक व्यथा’ को पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले सो जानकारी दिएको हो । सार्वजनिक गरिएको पहिलो पोस्टरमा फिल्मका शीर्ष कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई देखाइएको छ।
पोस्टरमा कलाकार धिताललाइ रिसाएको मुद्रामा देख्न सकिन्छ भने अस्मिता ढुंगामाथि बसेर निराश भावमा टोलाएको देखिन्छिन्। त्यस्तै कलाकार धिताल भने कोहीप्रति रिस व्यक्त गरिरहेका छन्। मैलो दौरा, कुच्चिएको टोपी र नस्याहारीएको दाह्री जुँगामा देखिएका धितालको कर्के नजर र अनुहारको भावले रिसाएको देख्न सकिन्छ।
जीवन सेञ्चुरीको निर्देशन रहेको ‘जुनाः एक व्यथा’ को निर्देशन जीवन सेन्चुरीले गरेका हुन् भने अस्मिता र कृष्णसहित देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने लगायतको अभिनय छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मको निर्माता दीपकप्रसाद घिमिरे हुन्।
निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए।
नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेञ्चुरीको भनाइ छ।
फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ।
यो फिल्म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन्।
‘जुना’ माघ २५ गते रिलिज हुने तयारीमा छ। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।