स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ जेठ, चौतारा ।
मेलमिलामद्वारा देवानी प्रकृतीका मुद्दाहरुमा सहजीकरण गरीरहेको संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जिल्लाका विभिन्न तीन आइसोलेशन केन्द्रहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना महामारीको समयमा स्वास्थ्य संकट भोगिरहेको सिन्धुपाल्चोकमा केन्द्रले कोभिड १९ रोकथाम तथा प्रतिकार्यका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो ।
केन्द्रले सिन्धुपाल्चोकमा कोभिड अस्पतालको रुपमा सेवा दिइरहेको सिन्धु सदावहार अस्पताल, खाडीचौर र चौतारा अस्प्ताल, चौतारामा सामग्री वितरण गरेको हो । केन्द्रले आइसोलेशनको रुपमा कोरोना प्रभावितको सेवा गरीरहेको जुगल ५ मा रहेको रत्नराज्य आइसोलेशन केन्द्रमा समेत स्वास्थ्य सामग्री वितरण गर्ने केन्द्रका राष्ट्रिय स्रोतव्यक्ति नेत्र धितालले बताए । कोरोना महामारीको समयमा आफ्नो कार्यक्षेत्रमा प्रतिकार्यको लागि हातेमालो गर्नु आफ्नो जिम्मेवारी भएको महशुस गर्दै दि मेकानिकल फाउण्डेसनको सहयोगमा स्वास्थ्य सामग्री वितरण गरीएको धितालले बताए ।
केन्द्रले तीनवटै स्वास्थ्य संस्थामा समान रुपले २ हजार थान माक्स तथा २० थान पीपीइ सेट सहित पल्स अक्सिमिटर, थर्मल गन, थर्मोमिट, सेनिटाइजर, गमबुट लगाएतका स्वास्थ्य सामग्री वितरण गरेको हो । आज ति सामग्री लिदैं चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठले महामारीको समयमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा कोरोना संक्रमित विरामीले प्रयोग गर्न मिल्ने गरी हस्तान्तरण गरीएको यस्ता सामग्रीले कोरोना विरुद्धको सहकार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।