स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ जेठ, चौतारा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकमा दुइ थान अक्सिजन जेनेरेटर हस्तान्तरण गरेको छ । मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्ची र बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रलाई एक÷एक थान हाइड्रोजन अक्सिजन जेनेरेटर तथा सो को नेबुलाइजर हस्तान्तरण गरेको हो ।
चाइना फाउण्डेसन फर पीस एण्ड डेभलपमेन्टको सहयोगमा उपलब्ध गराइएको सो उपकरणको भन्सार तथा पारबहन बाकेको मुल्य प्रतिइकाइृ करिब ३० लाख रुपैयाँ लागत पर्दछ । उक्त उपकरणले विद्युत हुँदा २४ घण्टा नै सेवा प्रदान गर्ने छ भने विद्युत नहुँदा ३ घण्टा हाइड्रोजन र अक्सिजन उत्पादन गरि अक्सिजनको कमि भएका विरामीलाई अक्सिजन उपलब्ध गराउन टेवा पुग्नेछ ।
सिन्धुपाल्चोकमा कोरोनाको दर दिनानुदिन बढिरहेको अबस्थामा पार्टीले सो उपकरण सहयोग गरेको हो । राप्रपा सिन्धुपाल्चोकका नेताहरुको पहलमा केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबरा मार्फत सो उपकरण आइतबार मेलम्चीमा र सोमबार बाह्रविसेमा हस्तान्तण गरिएको राप्रपा १ नं. क्षेत्रिय अध्यक्ष शिव भण्डारीले बताए । दुवै उपबरण हस्तान्तरण गर्दा जुम मिटिङ मार्फत अध्यक्ष राणाले सम्बोधन गरी मेलम्ची स्वास्थ्य केन्द्रका डा. आशिष श्रेष्ठ र बाह्रविसे स्वास्थ्य केन्द्रका डा. अनिल राउतलाई हस्तान्तरण गरिएको हो ।
सो सामाग्री हस्तान्तरण कार्यक्रममा जुम मिटिङबाट जोडिएका केन्द्रिय अध्यक्ष जबराले सिन्धुपाल्चोकका जनताको बिषयमा निकै चिन्ता व्यक्त गरेका छन् । ‘यो मेरो सानो सहयोग हा सिन्धुबासीको लागि मैले सकेको सहयोग गरिरहेको छु र आगामी दिनमा समेत सकेको सहयोग गर्नेछु’, उनले भने ।
अत्याधुनिक उक्त उपकरण हस्तान्तरण कार्यक्रममा केन्द्रिय सदस्यहरु चलन बहादुर तामाङ, बाबुराख खडका,उदय सापकोटा, जिल्ला अध्यक्ष गोपाल तामाङ लगायतका नेताहरुको उपस्थिति रहेकोे थियो । राप्रपा सिन्धुपाल्चोक जिल्ला कमिटिले सम्पुर्ण स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री समेत सहयोग गरिहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।