स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२७ साउन, हेलम्बु ।
श्रीमतीलाई ब्लड क्यान्सर भएर उपचार गराइरहेका विकल लामिछाने बाढीबाट समेत विस्थापित भएका छन् । श्रीमतीको सम्झना धिमाल लामिछानेको उपचार खर्च जुटाउनै धौधौ परिरहेका विकल भ्रेमाथाङबाट शुरु भएको हेलम्बु—मेलम्ची बाढीले विस्थापित भएका हुन् ।
एकैपटक दुइवटा विपत्तिको सामान गरिरहेका सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका ४ का विकल लामीछाने यतीबेला श्रीमतीको उपचारको लागि सहयोगको अपिल गरिरहेका छन् । ब्लड क्यान्सरका कारणले जीवन मृत्युसँग लडिरहेकी हेलम्बु गाउँपालिका–४ बस्ने सम्झना धिमाल लामिछानेको जीवनरक्षाको लागि सहयोग अपिल गरिएको हो । ६ महिनादेखि सिभिल अस्पतालमा मृत्युुसँग लडिरहेकी सम्झनाको उपचार आफ्नो बलबुताले नभ्याउने भएपछि उनका श्रीमान् बिकल लामिछानेले सहयोगको लागि अपिल गरेका हुन् ।
ब्लड क्यान्सरसँग लड्दै गरेकी सम्झनाको अचानक बोन म्यारो प्रत्यारोपण समेत गर्नुपर्ने भएको पती विकलले बताए । बोन म्यारो प्रत्यारोपणका लागि ३० लाख भन्दा बढी रकमको आवश्यकता पर्ने अस्पतालले बताएकाले पति विकलले सहयोगका लागि अपिल गरेका हुन् । सम्झनाको उपचारको लागि अभियान नै सञ्चालन गरि रकम संकलन गर्न थालिएको अभियान्ता कविराज लामिछानेले बताए । उपचारको लागि हालसम्म १ लाख २ हजार जम्मा भएको सहयोग संकलन अभियान्ता लामिछानेले जानकारी दिए ।
सहयोग गर्न इच्छुकहरुको लागि क्यान्सर पीडित सम्झना धिमालको नाममा मेगा बैंक जोरपाटी शाखामा रहेको खाता नं ः १९९००५००१८९६८ मा रकम जम्मा गर्न सकिने छ । सहयोगीहरुको सहजताको लागि इसेवा मार्फत (९८६०९६०३७५ कविराज लामिछाने) समेत पैसा जम्मा गर्न सकिने उनले भनाइ छ ।
विकल लामिछानेलाई यतिबेला एकपछि अर्काे बज्रपात आइलागेको छ । श्रीमतीको उपचारको चिन्तामा रहेका विकल एकातिर हेलम्बु बाढीका कारण विस्थापित भएका छन् । यो सँगै उनै विकलको बुबाको समेत मृगौलामा समस्या आएपछि उनी झनै संकटमा परेका छन् ।
उनीहरुको उपचारमा सहयोग गर्न चाहने तथा थप जानकारी लिन चाहने सहयोगी दाताहरुले पीडितका श्रीमान् विकल लामिछाने (९८५११९३७०७) र सम्झना बचाउ अभियानका अभियान कविराज लामिछाने (९८६०९६०३७५) सँग सम्पर्क गर्न सक्नुहुने परिवारले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।