स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
निपाह भाइरस के हो ?
निपाह भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । यो गम्भीर प्रकृतिको संक्रामक रोग हो । प्राकृतिक रूपमा फ्रूट ब्याट भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ ।
निपाह भाइरसको संक्रमण पहिलो पटक सन् १९९९ मा सिंगापुर र मलेसियामा पहिचान भएको थियो । त्यसपछि २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा देखिएको थियो ।
त्यही फ्रुट ब्याट भाइरस पशुपन्छी तथा फलफूलको माध्यमबाट निपाह भाइरस सर्ने जोखिम हुने सरुवारोग विशेषज्ञहरुको भनाइ छ ।
निपाह भाइरस कसरी सर्छ ?
चमेरो, बंगुरबाट निपाह भाइरस मान्छेमा सर्छ । सरुवा रोग विशेषज्ञहरूका अनुसार चमेराले खाएका फलफूलमा -याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि सर्ने जोखिम हुन्छ ।
फ्रुट ब्याट जातको चमेरोले खाएको जुठो फलफूलबाट सर्छ । प भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ । यस्तै संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ ।
निपाह भाइरस संक्रमण भए कस्तो लक्षण देखिन्छ ?
ज्वरो लाग्ने
मांसपेसी दुख्ने
वाकवाकी लाग्ने
रिंगटा लाग्ने
टाउको दुख्ने
टन्सीलाईटीस्
निपाह भाइरसको रोकथाम कसरी गर्ने ?
बंगुर तथा सुँगुरको नजिक जाँदा सचेत हुने |
चमेराले जुठो हालेका फलफूल नखाने ।
फलफूल राम्रोसँग पखालेर मात्रै खाने ।
गाईवस्तुको गोठ र फार्म सफा राख्ने ।
मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने ।
सकेसम्म पानी उमालेर मात्रै पिउने ।
बेलाबेलामा साबुन पानीले हात धुने र भीडभाडमा जाँदा मास्क लगाउने । एजेन्सीबाट
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।