स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बाबुको किरिया बस्दा पनि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले पालिकाको काम गरिरहेका छन् । हिन्दु संस्कार अनुसार बाबुको किरिया बस्दा पनि विकले जनताको सेवा गर्न नछाडेका हुन् ।
असार १४ बाबू बुद्धवीर विकको मृत्यु भएपछि किरिया बसेका अधिकृत लोकबहादुरले आर्थिक वर्षको अन्त्यमा जनताको काम नरोकियोस् भनी कोरा भित्रैबाट सेवा दिएका हुन् ।
असार मसान्तसम्ममा सबै कार्यक्रम सम्पन्न गरि भुक्तानी समेत गरिसक्नुपर्ने भएकोले अहिले तिनवटै तहका सरकारलाई अन्तिम भुक्तानी दिन भ्याइनभ्याई छ । यस्तो भ्याइनभ्याई हुने समयमा पालीकाको प्रमुख प्रशासकीय अधिकृत नै किरिया बस्नुपर्ने भएपछि जुगलबासी कामको भुक्तानी नपाउने त्रासमा थिए । तर अधिकृत विकले जनताको काम रोकिन नदिन कोराभित्रैबाट सेवा दिन थालेका हुन् ।
अधिकृत विक सिन्धुपाल्चोक , चौताराकै स्थानिय बासिन्दा हुन् । जुगल गाउँपालिकाको केन्द्रबाट करिब २ घण्टाको दुरीमा किरिया बसेका विकलाई पालिकाको योजना शाखाबाट फाइलको सम्पुर्ण काम गरिसकेपछस अन्तिम प्रमाणीतको लागि चौतारामै फाइल ल्याएर भुक्तानीका लागि अन्तिम रुप दिने गरिएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८