स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
भोलि हुने स्थानीय तह सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लामा मतदानका सम्पूर्ण तयारी पुरा भएको छ । मतगणनाका लागि आवश्यक तयारी शुरु गरिसकिएको छ ।
मतदानका लागि सिन्धुपाल्चोकका ३१६ वटै मतदान केन्द्रमा तयारी सम्पन्न भइसकेको छ । मतदाताको लाइन व्यवस्थित गर्ने, मतदाता परिचय पत्र वितरण गर्ने, सर्वदलीय बैठक बस्ने मतदाता शिक्षा लगायत मतदानको लागि अति आवश्यक सबै तयारी भइसकेको छ ।
यस वर्ष पहिलोपटक मत हाल्ने नयाँ मतदाताका लागि सदरमुकाम चौतारास्थित श्री कृष्ण रत्नगंगा मावि केन्द्रमा नमुना मतदान समेत गरिएको छ । नयाँ मतदाताका मत बदर नहोस् भनेर उनीहरूलाई नमुना मतदान गरी मत संकेत गर्न सिकाइएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको मतगणनाका लागि चौतारा साँगाचोकगढी नगरपालिकाको सभाहल प्रयोग हुने भएको छ । हलमा मतगणना कर्मचारी र दलका प्रतिनिधिबीच दुरी कायम गराउन जालीको व्यवस्था गरिएको छ । मतगणनास्थलमा साउण्ड सिस्टम सहितको ६ वटा सिसिटिभी जडान गरिएको छ भने नगरपालिकाको मुख्य ढोकामा राखिएको डिस्प्लेमा सबै दृष्य हेर्न मिल्ने प्रबन्ध मिलाइएको छ । जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा समेत सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताए ।
३० गते सबै केन्द्रको मतदान सम्पन्न भएपछि ३१ गते बिहान ७ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको छ । मतगणनाको क्रममा कुनै अवरोध नआएमा बढीमा तीन दिन भित्र अन्तिम नतिजा आइसक्ने आँकलन गरिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।