Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ अषाढ १२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ जेष्ठ ११, बुधबार (१ महिना अघि) ११३४ पटक पढिएको
यी हुन् सिन्धुपाल्चोकमा कम मतान्तरले विजेता हुनेहरु

स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न भइ अन्तिम मतपरिणम समेत आइसकेको छ । अन्तिम पतपरिणामपछि निर्वाचित भएका उम्मेदवारहरुले समथ ग्रहण पश्चात पदवहाली समेत गरिसकेका छन् । यस निर्वाचनमा केही स्थानमा झिनो मतान्तरले हारजित भएको छ ।

सिन्धुपाल्चोकको १२ पालीका मध्ये सबैभन्दा कम अथार्त ९३ मतान्तरले मेलम्ची नगरपालिकाका मेयर पदमा नेपाली कांग्रेसका आइतमान तामाङले जित निकालेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बालकृष्ण देउजाले ११ हजार १ सय ६५ मत ल्याउँदा तामाङ ११ हजार २ सय ५८ मतका साथ विजयी भएका हुन् । काँग्रेस राप्रपा गठबन्धनका मेयर बनेका तामाङ सो पदमा विजयी भएपनि राप्रपाबाट उपमेयर भएकी कुमारी तामाङ भने पराजित बन्न पुगिन् ।

सिन्धुपाल्चोकको हेलम्बु ६ मा नेपाली कांग्रेसका सुकुराम तामाङलाई एमालेका उम्मेदवार सञ्चबहादुर तामाङले ४९ मतले पराजित गरे । सुकुरामले ७५८ मत ल्याँउदा सञ्चबहादुरले ८०७ मत ल्याएर वडाध्यक्ष पदमा विजयी भए । इन्द्रावती गाउँपालिका २ मा नेपाली कांग्रेसका उम्मेद्वार श्यामबहादुर गिरीले नेकपा एमालेका उम्मेदवार रामशरण गिरीलाई ४२ मतान्तरले पछाडी पारे । श्यामबहादुरले ५६४ मत ल्याँउदा रामशरणको ५२२ मत आयो ।

सुनकोशी गाउँपालिका ६ मा एमालेका चक्रबहादुर बस्नेतले कांग्रेसका रामकुमार थापालाई ४४ मतान्तरले पछि पारे । बस्नेतले १३९६ मत ल्याँउदा थापाले १३५३ मतमा चित्त बुझाउनुप¥यो । लिसंखुपाखर गाउँपालिका १ मा माओवादीका पाशाङलाल तामाङले एमालेका प्रवल लामालाई ३६ मतले हराए । तामाङले ४८७ मत ल्याउँदा लामाको ४५१ मत मात्रै आयो ।

बलेफी गाउँपालिका वडा नं. २ मा भने गोलाप्रथाबाट निर्णय लिइएको छ । नेपाली कांग्रेसका छविलाल न्यौपाने र नेकपा माओवादी केन्द्रका पुरुषोत्तम सापकोटाको समान ४९५ मत आएपछि गोलाप्रथाबाट न्यौपाने विजयी भए । बलेफी ६ मा एमालेका तेजप्रसाद पराजुलीले माओवादीका चित्रबहादुर तामाङलाई १ मतले पछाडी पार्दै वडाध्यक्ष पदमा निर्वाचित भए । पराजुलीको ५८८ मत आँउदा तामाङको ५८७ मत आयो । बलेफी कै वडा नं. ७ मा कांग्रेसका गृविन्द्रकुमार चौलागाईंले एमालेका कार्केल लामालाई ४७ मतले पछी पारे । चौलागाईंको ६१८ मत आँउदा लामाको ५७१ मत आयो ।

भोटेकोशी गाउँपालिका ३ मा पनि झिनो मतान्तरले स्वतन्त्र उम्मेद्वारले जित निकालेका छन् । स्वतन्त्र उम्मेद्वार निमा सोना शेर्पाले २८६ मत ल्याँउदा कांग्रेसका काजी शेर्पाले २८३ मत प्राप्त गरी ३ मतले पराजित भए । भोटेकोशी कै वडा नंं ४ मा एमाले उम्मेदवार टासी शेर्पाले कांग्रेसका आङछिरीङ शेर्पालाई ३६ मतान्तर पारे । एमाले उम्मेदवारले ७७७ मत ल्याँउदा कांग्रेस उम्मेदवारको ७४१ मत ल्याए ।

जुगल गाउँपालिका १ मा पनि ७ मतान्तरले नेपाली कांग्रेसका जनक लामा विजयी भए । जनकले ५८४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका कमल थापाले ५७७ मत आयो । जुगलकै वडा नं. २ मा एमालेका चन्द्रकाजी लामाले पनि माओवादीका प्रताप लामालाई ९ मतान्तरले पछाडी पारेका हुन् । चन्द्रकाजीले ६१२ मत पाँउदा प्रतापको ६०३ मत आयो । जुगलकै वडा नं ५ मा एमालेका रविन्द्र घिमिरेले माओवादीका मिनबहादुर श्रेष्ठलाई १५ मतान्तरले पछाडी पारे । घिमिरेको ६६३ मत आयो भने श्रेष्ठको ६४८ मत आयो ।

पाँचपाखरी थाङपाल गाउँपालिका ५ मा पनि एमालेका काले गोलेले कांग्रेसका रवि थिङलाई १४ मतले पछाडी पारे । गोलेको ४७१ मत आँउदा थिङले ४५७ मत पाए । पाँचपोखरी कै वडा नं. ८ मा एमालेका विष्णुबहादुर खड्काले माओवादीका फुर्पा लामालाई १५ मतले पिर पारे । खड्काको ५२३ मत आँउदा लामा ५०८ मत ल्याएर पछि परेका हुन् ।

मेलम्ची नगरपालिका ३ मा एमालेका कुमार बञ्जराले कांग्रसका राजेश लामालाई ४४ मतान्तरले विजयी भए । बञ्जराको ५०७ आँउदा लामाले ४६३ मतमा चित्त बुझाउनुप¥यो । मेलम्ची ११ मै एमालेका चन्द्रबहादर तामाङले माओवादीका सुदर्शन सापकोटालाई ४७ मतले पछाडी पारे । तामाङको ११८२ मत आँउदा सापकोटाले ११३६ मत पाए ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ मा एमालेका सानुकान्छा श्रेष्ठ नेकपा एकिकृत समाजवादीका युवलाल श्रेष्ठले ३६ मतले पछाडी पारे । सानुकान्छाले ५९३ मत ल्याँउदा युवलालले ६३० मत ल्याएर विजयी भए । चौताराकै वडा नं. ८ मा कांग्रेसका अमृतबहादुर दंगालले माओवादीका रामकृष्ण दंगाललाई ८ मतले पछाडी पार्दै जित आफ्नो पक्षमा पारे । अमृतले ६८८ मत ल्याँउदा रामकृष्णले ६८० मत ल्याए । चौतारा १४ मा एमालेका उद्दव नेपालले माओवादीका बलबहादुर तामाङलाई २१ मतले पछाडी पारे । नेपालको ६८६ मत आँउदा तामाङले ६६५ मत पाए ।

 

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

  • जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

  • निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

  • प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    प्रशासनका सुब्बाकाे स्रोत नखुलेको साढे २ करोड, अख्तियारद्वारा मुद्दा दायर

    जुगलका प्रमुख सहित ६ जनालाई अख्तियारको मुद्दा

    गुणस्तरहीन नाली भत्काए जुगलका उपाध्यक्ष हिमालले

    मेलम्ची बजारमा आकाशे पुल; फट्टे,नाकोते,तिम्बुमा पक्की पुल बन्ने

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    बालकृष्णले गरे जिसस प्रमुखमा पदबहाली

    समाचार
    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    सिन्धुपाल्चोक कारागारमा रहेका थुनुवाकाे मृत्युु

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    जनता भुलाउने चौताराको नीति कार्यक्रमः पोहोरकै कपिपेस्ट

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    राष्ट्रिय कविता महोत्सव२०७९ मा प्रथम कविता “सङ्कल्प” – टीका आत्रेय

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    निशुल्क शिक्षा कार्यान्वयन गर्दै बाह्रबिसे नगरपालिका

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0