स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अम्बाथान, १० फागुन ।
सुरुङमा पानी हालेको दश दिनमा नै पहिलो परीक्षण असफल भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मर्मत पछि दोस्रो परीक्षण सुरु गरीएको छ ।
सोमबार नेपाल सरकारका खानेपानी मन्त्रि मणिचन्द्र थापाले आयोजनाको मुहान सिन्धुपाल्चोकको अम्बाथानमा रहेको स्विच थिचेर मर्मत सम्पन्न भएको सुरुङको परीक्षण शुभारम्भ गरेका हुन् । यो सूरुङको सफलताले मुलुक नै सुरुङ युगमा प्रवेश गरेको मन्त्रि थापाले बताए । मेलम्चिको यो सफलता एउटा आयोजनाको मात्रै सफलता नभइ सिंगो मुलुकका लागी बिकासमा नयाँ प्रबिधिको सफलताको पहिलो उदाहरण भएको मन्त्रि थापाको भनाइ छ । “यो नेपालका तीन करोड नेपाली सहित अन्तराष्ट्रिय चासो भएको आयोजना हो ।” मन्त्री थापाले भने—“यसको सफलताले नै नेपाल सरकारको सम्वृद्ध नेपाल सम्पन्न नेपालीको सपना पुरा गर्दछ ।” मन्त्रि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले निकै चासो पुर्वक हेरेको यो आयोजनाको सफलताले मुलुक सम्वृद्धीको बाटोमा अगाडी बढेको बताए ।
अहिलेको परिक्षणको क्रममा कुनै समस्या नदेखिएमा मेलम्चिको पानी आगामी १६ दिन भित्र काठमाडौंको सुन्दरीजल पुग्नेछ । पानी सुन्दरीजलमा पुगेपछि केही दिन सुरुङभित्रै पानी जमाएर कुनै त्रुटी नभएको निश्चित गरिनेछ । १० दिनसम्म सुरुङमा पानी जमाएर पुनः सुरुङ खाली गराएर प्राविधिक परिक्षण गरिनेछ । सबै परिक्षण सफल भएमा आगामी चार महिनाभित्र काठमाण्र्डौबासीको घरघरमा मेलम्चीको पानी झर्ने आयोजनाले जनाएको छ ।
मेलम्चीलाई सहज रुपमा अघि बढाउन स्थानीयका सबै जायज मागहरुलाइ पुरा गर्ने बिषयमा पनि छलफल भइरहेको सोहि कार्यक्रममा पुग्नु भएका युवा तथा खेलकुद मन्त्रि दावा तामाङले बताए । उनले सिएमसी पिडीत भेन्डरहरु र स्थानीयको समस्या समाधान गर्न सरकारको तर्फबाट आफुले पहल गर्ने समेत बताए । स्थानीय बासीन्दालाई खानेपानी आयोजनाको लेबी प्राप्त गर्ने अधिकार सुनिश्चीत गरीने उनले बताए ।
अस्थायी रुपमा काठमाडौं पानी पुग्न २ महिना लाग्ने र हाल २ सय ६० लिटर प्रति सेकेन्डका दरले पानी सुरुङमा हालिएको आयोजनाका प्राबिधिकहरुले जानकारी दिएका छन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।