स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१५ वैशाख, चौतारा ।
सिन्धुपाल्चोकमा भोली वैशाख १६ गतेबाट गर्ने भनिएको सबै तहको परिक्षा स्थगित गरिएको छ । भोलीबाट गर्ने भनि तय गरिएको माध्यामीक शिक्षा परिक्षा (एसईई) तयारी तथा अन्य सबै विद्यालय तहको परिक्षा अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको हो ।
आज बसेको जिल्ला कोभिड १९ विपद् व्यवस्थापन समितिको वैठकले विद्यार्थीको भौतिक उपस्थितीमा हुने पठनपाठन बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन गराउने र यसअघि तोकिएका सबै तहका परिक्षा स्थगित गर्नको लागि स्थानिय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिने निर्णय गरेको हो ।
यसअघि सिन्धुपाल्चोकमा संघिय साँसदका सभामुख अग्निप्रसाद सापकोटा सहित बसेको बैठकले वैशाख महिनाभरीमा सबै तहको परिक्षा सम्पन्न गरि जेठबाट विद्यालय विदा गर्ने निर्णय गरेको थियो । त्यसै निर्णय अनुसार सिन्धुपाल्चोक प्रधानाध्यापक समाजले शनिवार समेत परिक्षा गर्ने गरी भोली वैशाख १६ गतेबाट परिक्षा लिने गरि तालिका समेत सार्वजनिक गरिसकेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८