स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१५ वैशाख, बलेफी ।
वडा कार्यालय भवन निर्माणको लागि दुइवटा उपभोक्ता समिति बनेपछि सिन्धुपाल्चोकको बलेफी गाँउपालिका वडा नं. २ का अध्यक्षकै नेतृत्वमा गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आफुले बनाएको उपभोक्ता समितिले नै काम गर्न पाउनुपर्ने भन्दै वडाध्यक्ष छविलाल न्यौपानेको नेतृत्वमा गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सो वडाको कार्यालय भवन निर्माण गर्नको लागि वडाध्यक्षको रोहबरमा उपभोक्ता समिति निर्माण गरिएको थियो । सो समितिमा आफु निकटको व्यक्ति नपरेको भन्दै गाँउपालिकाले उपाध्यक्षको रोहबरमा बन्द कोठामा बसी अर्को समिति निर्माण गरेपछि विवाद शुरु भएको थियो ।
वडामा परेका योजनाहरुमा वडाध्यक्षकै रोहबरमा उपभोक्ता समिति गठन गर्ने गरिन्छ । सोही अनुसार समिति निर्माण गर्दा समेत गाँउपालिकाले हस्तक्षेप गरेको वडाध्यक्ष न्यौपानेले बताए । ‘हामीले निर्माण गरेको समितिमा उनीहरुको मान्छे नपरेपछि गाँउपालिकाले बजेट नै फ्रिज गराउनेसम्मको योजना बनाएको थाहा पाएका छौं ।’ वडाध्यक्ष न्यौपानेले भने —‘हामीले सर्वपक्षिय भेला गरेर समिति निर्माण गरेका हौं ।’ समिति निर्माण गर्दा आफुले कुनै पुर्वाग्रह नराखेको उनले बताए ।
लामो समयदेखि विवाद भएपछि बुधबार उनीहरुले गाँउपालिकाको कार्यालयमा ताला लगाएका हुन् । उनिहरुले गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।