स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१८ बैशाख, काठमाण्डौ ।
कोरोना भाइरस विरुद्धको लडाँईमा सरकारसँग समन्वय गर्न आफुहरु तयार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले बताएका छन् ।
शनिबार पार्टीका तिनैजना अध्यक्षले संयुक्त हस्ताक्षर गरी प्रेस विज्ञप्ति जारी गरी सो बताएका हुन् । ‘देश यस बखत कोरोना महामारीको महासंकटमा छ । विपदको यो राष्ट्रिय संकटसँग मुकाविला गर्न राष्ट्रको सबै राजनैतिक, आर्थिक, बौद्धिक र प्राविधिक शक्तिहरुलाई एकिकृत गरी प्रभावकारी रुपले तत्काल परिचालन गर्न राप्रपा सरकारसँग जोडदार आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीले कोरोना संक्रमितहरुको निशुल्क र सहज उपचारको तत्काल व्यवस्था मिलाई कुटनितिक प्रयासद्धारा खोप उपलब्ध गराउन अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा हस्ताक्षरीत विज्ञप्तिमा अनुरोध गरिएको छ ।
सम्पुर्ण नेपालीलाई कोरोना विरुद्धको खोप लगाइहाल्न तत्काल व्यवस्था मिलाउन र त्यस कार्यको लागि सरकारसँग आवश्यक समन्वय गर्न आफुहरु तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८