स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२० बैशाख, चौतारा ।
जिल्ला समन्वय समितिका प्रमुख गैरजिम्मेवार बन्दा जिससको खाली रहेको भवनमा कोरोना संक्रमितहरुलाई राख्नको लागि आइसोलेशन वार्ड बन्न नसकेको समाचार प्रकाशित भएपछि सो भवनमा आइसोलेशन वार्ड बनेको छ ।
केही दिनअघि बसेको सिन्धुपाल्चोकको डीसीसीएमसीको बैठकमा प्रमुख तामाङले सो भवन प्रयोग गरी आइसोलेशन बनाउने छलफलमा कुनै जवाफ नदिइ मौन बसेको बैठकमा सहभागी एक सदस्यले खुल्लापानालाई बताएका थिए । सोही समाचार खुल्लापानामा प्रकाशित भएपछि जिससको सो भवनमा ९ बेडको आइसोलेशन वार्ड निर्माण भएको छ ।
सो भवनमा आइसोलेशन वार्ड बनाउने सम्बन्धमा कुनै योजना नभएकोमा खुल्लापानामा समाचार प्रकाशित भएपछि हतारहतार गरी पुरानो सामाग्रीको प्रयोग गरी आइसोलेशन वार्ड निर्माण गरिएको स्रोतले जनाएको छ । पुरानो सामाग्री भन्नाले गत वर्ष सोही कार्यालयको नयाँ भवनमा प्रयोग गरिएको सामाग्री हुन् ।
यो सँगै जिल्ला अस्पतालको ५ र चौतारा साँगाचोकगढी नगरपालिकाले फिल्ड ट्रेनिङ सेन्टरको भवनमा निर्माण गरेको १२ गरी जिल्लामा कुल २६ चौतारामा कुल २६ बेडको आइसोलेशन वार्ड निर्माण गरेको चौतारा अस्पतालले जनाएको छ ।
तस्बिरः अर्जुन शर्मा
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८