स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१ जेठ, चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुका लागि स्थापना गरेको कोभिड १९ पत्रकार राहात कोषमा विभिन्न सहयोगी दाताहरुबाट करिब ८ लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । शनिबार बेलुकी सम्म पत्रकार महासंघले स्थापना गरेको कोषमा सात लाख अर्सठ्ठि हजार दुई सय ४१ जम्मा भएको हो ।
कोषमा स्वदेश र विदेशमा रहेका विभिन्न व्यक्तिहरुले स्वस्फुर्त रुपमा सहयोग गरेका छन् । यो अभियान अझै केही दिन सम्म जारी रहने पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए । कोभिड महामारीको बिचमा पनि जिल्लाबासीलाई सूचनाका लागि दुर्गम बस्तीहरुमा समेत सञ्चारकर्मीहरु पुग्नु पर्ने र यसबाट पत्रकारहरु जोखिममा परेकाले उनिहरुको लागि कोषबाट रकम खर्च गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।’ हामी कोरोना कहरको विचमा समाचार संकलन गर्दा हुनसक्ने जोखिम बहन गर्न यो कोष स्थापना गरेका हौं ‘ अध्यक्ष श्रेष्ठले बताए ।
पत्रकार महासंघको उपलब्ध सदस्यहरु बिच बैठक बस्ने र कार्यविधि बनाएर कोषको रकम खर्च गरिने पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापाले बताए । पत्रकार महासंघले स्थापना गरेको कोषमा हालसम्म सबैभन्दा बढी रकम नेकपा एमालेका नेता समेत रहेका भोटेकोशी गाउँपालिका ५ मार्मिङका छिरीङ शेर्पाले १ लाख सहयोग गरेका छन् । त्यसैगरी जल तथा ऊर्जा आयोगका सदस्य माननीय रामप्रसाद धितालले ५० हजार ५ सय रुपियाँ सहयोग गरेका छन् । त्यस्तै काठमाडौ महानगरपालिकाका पुर्व वरिष्ठ इन्जिनियर एवम नेकपा एमालेका नेता गम्भीरलाल श्रेष्ठले ५० हजार सहयोग गरेका छन् । श्रेष्ठले चौतारा अस्पतालमा कोभिड सक्रमण भएर भर्ना भएका बिरामीहरुका लागि थप ५० हजार सहयोग गरेका छन् ।
सो कोषमा संस्थागत रुपमा प्रेस युनियन सिन्धुपाल्चोकले पनि २५ हजार सहयोग गरेको छ । त्यस्तै सुनकोशी गाउँपालिकाकी समाजसेवी मसिना भण्डारीले २५ हजार र सोही गाउँपालिका घर भइ हाल अमेरिकामा रहेका उद्धव प्याकुरेलले पनि २५ हजार सहयोग गरेका छन् । ५० हजार भन्दा माथी सहयोग गर्नेहरुलाई महासंघले सम्मान गर्ने पनि उपाध्यक्ष थापाले जानकारी दिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।